+
+
Shares

आरुघाटमा बाढीले भाँचेको पुलमा बेलिब्रिज राख्न सेनाले थाल्यो तयारी (तस्वीरहरू)

सडकसम्पर्क जोड्नका लागि अहिले नेपाली सेनाले बेलिब्रिज जोड्ने तयारी सुरु गरेको हो।

कमल प्रसाईं कमल प्रसाईं
२०८३ असोज २६ गते १५:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बूढीगण्डकीको बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरेबल पुलको एक स्पान भाँचेर बगाएपछि सडक सम्पर्क टुटेको छ।
  • सडक सम्पर्क जोड्न नेपाली सेनाले सोही ठाउँमा बेलिब्रिज जडानको तयारी सुरु गरेको छ।

२६ असोज, आरुघाट । गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल आइतबार बिहान आएको बूढीगण्डकीको बाढीले भाँच्यो। पुलको तीन स्पानमध्ये एक भाग भाँचिएर बगेको हो। पुल बगेसँगै यहाँको सडक सम्पर्क टुटेको छ। सडकसम्पर्क जोड्नका लागि अहिले नेपाली सेनाले बेलिब्रिज जोड्ने तयारी सुरु गरेको हो।

अहिले सेनाले डोजरको सहायतामा लेदो पन्छाएर पुल निर्माणको तयारी गरिरहेको छ। सडक डिजिभन कार्यालय हेटौँडाबाट बेलिब्रिजको सामान ल्याइँदैछ।

नेपाली सेनाको रुद्रध्वजगणका गणपति विरोध रिजालले निर्माण सामग्री आएलगत्तै काम सुरु हुने बताए। उनले आइतबार नै सेनाको टोलीले पुल भएको ठाउँको निरीक्षण गरिसकेको थियो।

त्यस्तै आरुघाट भएर माथिल्लो क्षेत्रमा जाने सडक लेदोले भरिँदा सवारी सञ्चालनमा समस्या भएको छ। अहिले सडक डिभिजन कार्यालयले सडकको लेदो पन्छाउने तयारी गरिरहेको छ।

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?