News Summary
Generated by OK AI. Editorially reviewed.- प्रस्तावित अमेरिकी राजदूत चिरनजंग थापाले कन्सुलर सेवाको गुणस्तर सुधार गर्दै नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
- थापाले राष्ट्रिय हित र कूटनीतिक क्षमता अभिवृद्धिलाई प्राथमिकता दिँदै अमेरिकामा आवश्यक परे बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने बताए।
- उनले अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली र डायस्पोरालाई नेपालको विकास, सांस्कृतिक सम्पदा फिर्ता ल्याउने काम र कूटनीतिक पहुँच विस्तारमा उपयोग गर्ने बताए।
२६ असोज, काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि प्रश्तावित नेपाली राजदूत चिरनजंग थापाले आफ्नो कार्यकालमा कन्सुलर सेवाको गुणस्तर सुधार गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोमबार संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै थापाले नेपालको राष्ट्रिय हित र कुटनीतिक क्षमता अभिवृद्धि आफ्नो प्राथमिकतामा रहने बताएका हुन् ।
थापाले अमेरिकामा कन्सुलर सेवाको भारलाई व्यवस्थापन गर्न नविनतम उपाय अपनाउने योजना सुनाए । उनले सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकता दिँदै आवश्यक परे बिदाको दिनमा पनि सेवा प्रवाह गर्न र बजेट व्यवस्थापनका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने बताए ।
अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका नेपाली नागरिक र त्यहाँको डायस्पोराको बलियो सञ्जाललाई नेपालको विकास र सांस्कृतिक सम्पदा फिर्ता ल्याउने कार्यमा उपयोग गरिने उनको भनाइ छ ।
सुरक्षा सहयोगका सन्दर्भमा थापाले संयुक्त राज्य अमेरिकाले दिँदै आएको सहयोगको प्रशंसा गर्दै त्यसलाई नेपालको आवश्यकता र प्राथमिकताअनुसार परिचालन गर्ने जिकिर गरे । उनले पछिल्लो समय प्रविधि र साइबर सुरक्षा क्षेत्रमा देखिएका चुनौती सामना गर्न प्रविधि हस्तान्तरणमा विशेष पहल गर्ने बताए ।
‘नेपाल सरकारको निर्देशन र गाइडलाइन्सभित्र रहेर पिस किपिङ र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा अमेरिकी सहयोगलाई अझ प्रभावकारी बनाउन म सक्रिय हुनेछु,’ उनले भनेका छन्, ‘नेपालको राष्ट्रिय हितभन्दा ठूलो अरू केही हुँदैन । मलाई कुनैपनि संस्था वा व्यक्तिसँगको सम्बन्धले मेरो कूटनीतिक कार्यमा बाधा पुर्याउने छैन ।’
अमेरिकामा आफू पढ्दा र काम गर्दा बनाएका व्यक्तिगत सम्पर्कहरूलाई कुटनीतिक पहुँच विस्तार गर्न र दुई देशबीचको उच्चस्तरीय भ्रमणको वातावरण तयार पार्न प्रयोग गर्ने योजना रहेको उल्लेख गरे ।
कूटनीतिलाई ‘सम्झाउने र मनाउने कला’ भन्दै आफ्नो अनुभव र कुटनीतिक सञ्जालको अधिकतम उपयोग गरेर नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिज्ञा गरे ।
यस्तो छ उनको प्रतिबद्धता–



प्रतिक्रिया 4