+
+
Shares

असई थमन विक हत्या प्रकरणमा निलम्बित जसपा मधेश सांसद शर्माको निलम्बन फुकुवा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १८:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले जन्मकैद सुनाएपछि निलम्बित मधेश प्रदेश सांसद अभिराम शर्माको निलम्बन फुकुवा भएको छ।
  • मधेश प्रदेशसभाले २०८१ वैशाख १८ गते निलम्बन गरेका शर्मालाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गरेपछि २०८३ असोज २६ देखि लागू हुने गरी फुकुवा गरिएको हो।
  • प्रदेशसभा सचिव बासु प्रसाद कोइरालाले सर्वोच्चको सुविधा र प्रदेशसभा नियमावली २०८२ को नियम २१९(५) अनुसार निलम्बन फुकुवा गरिएको सूचना जारी गरेका छन्।

२६ असोज, जनकपुरधाम । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय निर्धारण भएपछि निलम्बित जसपा नेपालका मधेश प्रदेश सांसद अभिराम शर्माको निलम्बन फुकुवा भएको छ ।

तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद हाल  वि.स. २०८१ वैशाख १८ गते मधेश प्रदेशसभाले निलम्बन गरेको थियो ।

उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेका उनी साधारण तारेखमा रिहा भएपछि मधेश प्रदेश सभाले उनको वैशाख २६ गते निलम्बन फुकुवा भएको सूचना जारी गरेको छ ।

‘…सर्वोच्च अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ (२) बमोजिम प्रदान गरिएको सुविधाका आधारमा निज प्रतिवादीबाट दर्ता गरिएको पुनरावेदन पत्रानुसार सम्मानित सर्वोच्च अदालतले निज अभिराम शर्मालाई मिति २०८३/०८/२३ गतेको साधारण तारेखसमेत दिएकोले मधेश प्रदेश सभा नियमावली, २०८२ को नियम २१९ को उपनियम (५) बमोजिम निज मधेश प्रदेश सभा सदस्य अभिराम शर्मालाई आज मिति २०८३/०६/२६ गते देखि लागू हुने गरी माननीय सभामुखज्यूबाट निलम्बन फुकुवा गर्नु भएकोले जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ प्रदेश सभाका सचिवा बासु प्रसाद कोइरालाले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?