News Summary
Generated by OK AI. Editorially reviewed.- एनसेलले सामसङ नेपालसँग सहकार्य गरेर ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरण खरिदमा थप १२ प्रतिशतसम्म छुट दिने भएको छ।
- यो अफर असोज २२ देखि कात्तिक ३० सम्म लागू हुनेछ र ग्राहकले कुल ३१ प्रतिशतसम्म बचत गर्न सक्नेछन्।
- ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा योग्यता जाँच गरी सहभागी सामसङ बिक्री केन्द्रबाट सुविधा लिन सक्नेछन्।
२६ असोज, काठमाडौं । एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरुलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा विशेष छुटको सुविधा उपलब्ध गराउने भएको छ। यसअन्तर्गत टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका उपकरणहरुको खरिदमा ग्राहकले अब अतिरिक्त छुट समेत पाउछन्।
नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म आफ्नो खर्च बचत गर्न सक्नेछन्। ग्राहकले प्राप्त गर्ने अतिरिक्त छुट ५ प्रतिशत, ८ प्रतिशत वा १२ प्रतिशत उनीहरुले लिएको प्याक वा रेन्टल प्याकमा निर्भर हुन्छ।
एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदा र सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङको उपस्थितिमा उक्त सहकार्यलाई औपचारिक रूप दिइएको छ । यस सहकार्यले ग्राहकलाई थप लाभ प्रदान गर्ने र सेवा अनुभवलाई अझ उत्कृष्ट बनाउने दुवै कम्पनीहरुले साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ ।
यो अफर असोज २२ देखि कात्तिक ३० सम्म लागु हुनेछ । यस अवधिमा दसैँ, तिहार र छठलगायतका प्रमुख चाडपर्व रहेका छन्। ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गएर आफ्नो योग्यता जाँच गरी नेपालभरिका सहभागी सामसङका आधिकारिक बिक्री केन्द्रहरूमा गई यो सुविधा लिन सक्नेछन्।
“एनसेलमा हामीले सधैँ कनेक्टिभिटी सेवामा मात्र सीमित नभई ग्राहकलाई थप मूल्य र लाभ प्रदान गर्ने लक्ष्य राख्दै आएका छौँ। यसै प्रतिबद्धतालाई निरन्तरता दिँदै यस चाडपर्वको अवसरमा सामसङसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ। यस सहकार्यबाट हाम्रा ग्राहकले विश्वासिलो ब्रान्डका घरायसी विद्युतीय उपकरण खरिद गर्दा अतिरिक्त छुटको लाभ लिन सक्छन्” एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदाले भने।
प्रतिक्रिया 4