+
+
Shares

हरिनास गाउँपालिकामा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

हरिनास गाउँपालिकाभित्र हाल मग्याम चिसापानी स्वास्थ्य चौकीको र अर्को एक स्थानीय संस्थाको गरी दुई वटा एम्बुलेन्स सञ्चालनमा छ ।

रासस रासस
२०८३ असोज २७ गते ६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जाको हरिनास गाउँपालिकाले चालु आर्थिक वर्षदेखि संस्थागत सुत्केरी प्रोत्साहन गर्न गर्भवतीलाई अस्पताल पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ।
  • गाउँपालिकाका सूचना अधिकारी विदुर सिग्देलले सुरक्षित सुत्केरी, मातृशिशु मृत्युदर शून्य र घरमै सुत्केरीको दर शून्य बनाउने लक्ष्य रहेको बताए।
  • निःशुल्क एम्बुलेन्स सेवाका लागि गाउँपालिकाले ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ र पालिकाभित्र दुई वटा एम्बुलेन्स सञ्चालनमा छन्।

२७ असोज, स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको साउनदेखि लागु हुनेगरी गर्भवतीलाई अस्पतालसम्म पुर् याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो ।

गर्भवतीलाई सहजरूपमा अस्पतालसम्म पुर्याएर सुरक्षित रूपमा सुत्केरी गराउनका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका सूचना अधिकारी एवम् स्वास्थ्य शाखा प्रमुख विदुर सिग्देलले जानकारी दिए ।

सुरक्षित तथा संस्थागत सुत्केरी गराउन प्रोत्साहन गर्ने, मातृशिशु मृत्युदरलाई शून्यमा झार्ने र घरमै हुने सुत्केरीको दरलाई शून्यमा पुर्‍याउने उदेश्य राखिएको उनले बताए ।

‘गाउँघरमा आवश्यक परेका जुनसुकै बेला सवारीसाधन उपलब्ध नहुन सक्छन्, कतिपयलाई अस्पतालसम्म पुग्न सवारीसाधनको पहुँच नहुन पनि सक्छ,’ उनले भने, ‘गर्भवतीलाई छिटो छरितो र सहजरूपमा अस्पतालसम्म पुर्‍याएर सुरक्षितरूपमा सुत्केरी बनाउन एम्बुलेन्स सेवाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।’

हरिनास गाउँपालिका ग्रामीण र विकटमा रहेको गाउँपालिका हो । गर्भवती तथा सुत्केरीलाई लक्षित गरी गाउँपालिकाका तीन वटा स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा छन् ।

वडा नं ३ को मग्याम चिसापानीस्थित मग्याम चिसापानी स्वास्थ्य चौकी, वडा नं ४ को चित्रेभञ्ज्याङमा रहेको चित्रेभञ्ज्याङ स्वास्थ्य चौकी र वडा नं ६ को क्याक्मीमा अवस्थित क्याक्मी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा छ ।

‘घरबाट बर्थिङ सेन्टरसम्म सहज रूपमा पुर्याउन पालिकाले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको हो,’ उनले भने, ‘गर्भवती तथा सुत्केरीलाई नेपाल सरकारले दुई हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।’

हरिनाश गाउँपालिकामा हालसम्म एउटा आयुर्वेद औषधालयसहित कुल १० वटा स्वास्थ्य चौकी रहेका छन् । स्थानीयको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै अस्पतालको भवन निर्माण भइरहेको छ ।

गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन चालु आर्थिक वर्षमा नौ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

हरिनास गाउँपालिकाभित्र हाल मग्याम चिसापानी स्वास्थ्य चौकीको र अर्को एक स्थानीय संस्थाको गरी दुई वटा एम्बुलेन्स सञ्चालनमा छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?