+
+
Shares

रेसुङ्गा विमानस्थलबाट चार महिनापछि उडान सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते ९:३८

२७ असोज, गुल्मी । प्रतिकूल मौसमका  कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको नियमित हवाई उडान पुन: सुरु भएको छ । मंगलबार बिहान मौसम अनुकूल भएसँगै नेपाल एयरलाइन्सले काठमाडौं–रेसुङ्गा उडान सञ्चालन गरेको हो ।

नेपाल एयरलाइन्सका रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाका अनुसार गत २४ जेठदेखि बिहानको समयमा लगातार मौसम प्रतिकूल हुँदा नियमित उडान प्रभावित हुँदै आएको थियो । वर्षायाम सुरु भएसँगै बिहान बाक्लो बादल लाग्ने र मौसम खराब हुने क्रम बढेपछि निर्धारित तालिकाअनुसार उडान सञ्चालन गर्न कठिनाइ भएको उनले बताए ।

उनका अनुसार वर्षायाममा हरेक वर्ष मौसम प्रतिकूलताका कारण रेसुङ्गा विमानस्थलको उडान करिब अढाइ महिनासम्म प्रभावित हुने गरेको छ ।

यस वर्ष भने मौसमको प्रतिकूलताले नियमित उडान लामो समयसम्म प्रभावित भएको हो । यात्रुको बढ्दो चापलाई मध्यनजर गर्दै नेपाल एयरलाइन्सले रेसुङ्गा–काठमाडौं रुटमा साताको तीन दिन आइतबार, मंगलबार र शुक्रबार नियमित उडान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?