+
+
Shares

विदेशबाट मतदानको व्यवस्थाका लागि पहल गर्ने प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले विदेशबाट मतदानका लागि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएकी छन्।
  • संसदीय सुनुवाइ समितिमा उनले योग्य मतदाताको दर्ता, प्रमाणीकरण र पाइलट परीक्षणमा निर्वाचन आयोग तथा नेपाल सरकारलाई सहयोग गर्ने बताएकी छन्।
  • उनले सम्बन्धित मुलुकको निर्वाचन कानुन र अभ्यास अध्ययन गरी विदेशबाट मतदानका विधि र प्रविधिबारे सरोकारवालासँग परामर्श गर्ने उल्लेख गरिन्।

२७ असोज, काठमाडौं । जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले विदेशबाट मतदानका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छन् ।

संसदीय सुनुवाइ समितिको आजको बैठकमा उनले त्यसका लागि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएकी छन् ।

‘आवश्यकता अनुसार विदेशमा मतदानका लागि सम्बन्धित निकायबीच समन्वय गरी योग्य मतदाताको दर्ता तथा प्रमाणीकरणका लागि सहजीकरण गर्नेछु,’ उनले समितिमा प्रस्तुत गरेको कार्ययोजनामा उल्लेख छ ।

उनले अगाडि भनेकी छन्, ‘सम्बन्धित मुलुकको निर्वाचन कानुन तथा अभ्यास अध्ययन गरी पृष्ठपोषण दिनेछु । विदेशबाट मतदानका विधि र प्रविधिबारे सरोकारवालासँग परामर्श गर्नेछु ।’

अबको निर्वाचनमा बाह्य मतदान हुने विश्वास व्यक्त गर्दै उनले भनेकी छन्, ‘विदेशमा मतदानको पाइलट परीक्षण भएमा त्यसको कार्यान्वयनमा निर्वाचन आयोगलाई सहयोग र नेपाल सरकारसँग समन्वय गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?