News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र आईएमएफको संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार बैंकक प्रस्थान गर्दै छन्।
- उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयरलाइन्सको विमानमार्फत दिउँसो १ः३० बजे प्रस्थान गर्ने कार्यक्रम छ।
- बैठकमा वाग्लेले १६ भन्दा बढी द्विपक्षीय, बहुपक्षीय बैठक र छलफलमा सहभागी हुनेछन्, र कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम छ।
२७ असोज, काठमार्डौ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आज विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्दै छन् ।
उनी मंगलबार दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयरलाइन्सको विमान मार्फत त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले १६ वटा भन्दा धेरै द्विपक्षीय, बहुपक्षीय बैठक तथा छलफलमा सहभागिता जनाउनेछन् ।
बैठकमा सहभागी हुन अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सह–सचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि त्यसतर्फ जानेछन् । अर्थमन्त्री डा.वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4