+
+
Shares

बागमती प्रदेशका उद्योगको औसत उत्पादन क्षमता उपयोग ४१ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेशका उद्योगहरूको क्षमता उपयोग अघिल्लो आवको ३७.४९ प्रतिशतबाट गत आवमा ४१.०८ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।
  • राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत र बागमती प्रदेशको ५.४० प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ।
  • गत आवमा बागमती प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.७९ प्रतिशत र कर्जा प्रवाह ९.०७ प्रतिशतले बढेको छ।
  • बागमती प्रदेशमा ४९.५८ किलोमिटर नयाँ सडक निर्माण, ४४ सडक पुल र ६ झोलुंगे पुल निर्माण भएको छ।
  • आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशबाट १ लाख २९ हजार ६ सय ५१ जना वैदेशिक रोजगारीमा गएका छन्।

२७ असोज, काठमाडौं । बागमती प्रदेशका उद्योगहरूको क्षमता उपयोगमा सामान्य सुधार आएको छ । अघिल्लो आर्थिक वर्षमा उद्योगको क्षमता उपयोग औसतमा ३७.४९ प्रतिशत रहेकोमा गत आवमा बढेर ४१.०८ प्रतिशत पुगेको हो ।

बैंक तथा वित्तीय संस्थाले बागमती प्रदेशमा प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको ३६.८१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गत आवमा बागमती प्रदेशका चाउचाउ उद्योगले सबैभन्दा बढी क्षमता उपयोग गरेका छन् । अन्य रासायनिक पदार्थमध्ये ओइन्टमेन्ट उद्योगको क्षमता उपयोग सबैभन्दा कम रहेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत रहने अनुमान छ । आर्थिक वर्ष २०८१/८२ मा यस्तो वृद्धिदर ४.४३ प्रतिशत रहने संशोधित अनुमान छ ।

आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहने प्रारम्भिक अनुमान छ । यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ११.२३ प्रतिशत, १२.२४ प्रतिशत र ७६.५३ प्रतिशत रहने अनुमान छ ।

आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्र अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले घटेको छ । त्यसैगरी, बाली उत्पादन भने ७.८ प्रतिशतले घटेको छ ।

गत आवमा खाद्यान्न बालीमध्ये धान, मकै, गहुँ, कोदो, जौं र फापर उत्पादन क्रमशः ०.४ प्रतिशत, ०.३, २.५, ०.३, १३.६ र २.५ प्रतिशतले बढेको छ ।

साथै, तरकारी तथा वागवानीको उत्पादन २.८ प्रतिशतले बढेको छ । पशुजन्य उत्पादन अन्तर्गत दुध उत्पादन ०.७ प्रतिशतले र मासु उत्पादन ३.१ प्रतिशतले बढेको छ भने अण्डा उत्पादन ८.३ प्रतिशतले घटेको छ । गत आवमा बागमती प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट ३.३ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह भएको छ ।

गत आवमा बागमती प्रदेशका होटलहरूको औसत अकुपेन्सी ४७.९ प्रतिशत रहेको छ । २०८२ कात्तिकदेखि होटलहरूको अकुपेन्सी क्रमशः सुधार भएको देखिन्छ । सो अवधिमा घरजग्गा रजिष्ट्रेसन संख्या ९.६ प्रतिशतले बढेको छ भने रजिष्ट्रेसनबाट प्राप्त हुने राजस्व १६.८ प्रतिशतले घटेको छ । त्यसैगरी यातायात सवारी दर्ताको सङ्ख्या २० प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाले यस प्रदेशबाट संकलन गरेको कुल निक्षेप २०८२ असार मसान्तको तुलनामा २०८३ असार मसान्तमा ९.७९ प्रतिशत र कर्जा प्रवाह ९.०७ प्रतिशतले वृद्धि भएको छ ।

गत आवमा बागमती प्रदेशमा ४९.५८ किलोमिटर नयाँ सडक निर्माण भएको छ भने ग्राभेल र कालोपत्रे सडकको स्तरोन्नति क्रमशः १४३ कि.मि. र ११७ कि.मि. भएको छ । सोही वर्षमा ४४ वटा सडक पुल र ६ वटा झोलुंगे पुल निर्माण भएका छन् । बागमती प्रदेशबाट आ.व. २०८२/८३ मा जम्मा १ लाख २९ हजार ६ सय ५१ जना वैदेशिक रोजगारीमा गएका छन्, जुन कुल श्रम स्वीकृतिको १६.३७ प्रतिशत रहेको छ । २०८२/८३ मा बागमती प्रदेशमा ४ हजार ३ सय ४८ जनाले रोजगारी प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?