+
+
Shares

दुई दिनमा एक लाखले छोडे काठमाडौं

दशैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या बढ्न थालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट १ लाख ९ हजार ६३६ यात्रु थानकोट, साँगा र दक्षिणकालीलगायत नाकाबाट बाहिरिएका छन्।
  • काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बाहिरिनेमा ६७ हजार ६९० पुरुष र ४१ हजार ९४६ महिला छन्।
  • ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेर टिकट कालोबजारी, ठगी र यात्रु गुनासा सम्बोधन गरिरहेको छ।

२७ असोज, काठमाडौं । दशैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या बढ्न थालेको छ ।

उपत्यकाबाट थानकोट नागढुंगा नाका, साँगाका नाका, दक्षिणकालीलगायत नाकाहरूबाट १ लाख बढी यात्रु बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथको तथ्यांक छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एसएसपी सुरेश काफ्लेका अनुसार १ लाख ९ हजार ६३६ यात्रु उपत्यकाबाट बाहिरिएका छन् । जसमध्ये ६७ हजार ६९० पुरुष र ४१ हजार ९४६ महिला छन् ।

यो संख्या २५ र २६ असोजको हो । आज (२७ असोज)को तथ्यांक भने आउन बाँकी नै रहेको छ । २५ असोजमा ५२ हजार ८२७ यात्रु बाहिरिएका थिए । २६ असोजमा ५६ हजार ८०९ यात्रु बाहिरिए ।

ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँहरूमा यात्रु सहायता कक्ष स्थापना गरेर काम गरिरहेको छ । टिकटमा हुने कालोबजारी, ठगी, यात्रुका गुनासाहरू यात्रु सहायता कक्षमार्फत सम्बोधन भइरहेको एसएसपी काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?