+
+
Shares

आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १५:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख डोलप्रसाद अर्याल आईपीयूको १५३ औं महासभामा सहभागी भएर तान्जानियाबाट स्वदेश फर्किएका छन् ।
  • अर्यालले अरुशामा ‘समावेशीता, विश्वास र अवसरहरू मार्फत सुशासन अभिवृद्धि गर्ने र समुदायहरूलाई सशक्त बनाउने’ विषयक जेनरल डिबेटमा मन्तव्य राखे ।
  • नेपालले एर्मजेन्सी एजेण्डाको रूपमा ‘अर्जेन्ट पार्लियामेन्ट्री एक्सन’ लगायतका विषयमा राखेको प्रस्ताव दुई तिहाइ मतले समर्थन पाएको छ ।

२७ असोज, काठमाडौं । अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३ औं महासभामा सहभागी भएर सभामुख डोलप्रसाद अर्याल स्वदेश फर्किएका छन् ।

उनी १८ असोजमा नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए ।

तान्जानियाको अरुशा शहरमा आयोजना भएको महासभामा सभामुख अर्यालले ‘समावेशीता, विश्वास र अवसरहरू मार्फत सुशासन अभिवृद्धि गर्ने र समुदायहरूलाई सशक्त बनाउने’ विषयक जेनरल डिबेटमा मन्तव्य राखेका थिए ।

साथै, नेपालले एर्मजेन्सी एजेण्डाको रुपमा ‘अर्जेन्ट पार्लियामेन्ट्री एक्सन’ लगायतका विषयमा उनले आफ्ना कुरा राखेका थिए ।

यो प्रस्ताव दुई तिहाइको मतले समर्थन गरेको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?