+
+
Shares

अर्थ मन्त्रालय प्रक्षेपण : बाढीपछि खर्च बढ्यो, आम्दानीमा चाप पर्छ

रसुवा-तातोपानी नाका बन्द तथा कर छुट लगायत प्रावधानले राजस्वमा क्षति पुग्ने र यसले स्रोतमा चाप पर्ने अनुमान अर्थले गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थ मन्त्रालयले भोटेकोशी बाढीले राजस्व संकलन प्रभावित हुने, खर्चको दायित्व बढ्ने र चालु आव २०८३/८४ मा स्रोतमा थप चाप पर्ने प्रक्षेपण गरेको छ।
  • मन्त्रालयले १० भदौको बाढीले ४३१ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको र रसुवा–तातोपानी नाका बन्द तथा कर छुटले राजस्वमा क्षति पुग्ने बताएको छ।
  • अर्थले चालु आवमा आर्थिक वृद्धि ३.५ देखि ४ प्रतिशत रहने अनुमान गरेको छ भने सरकारले राखेको ७ प्रतिशतको लक्ष्य पूरा नहुने देखिएको छ।

२८ असोज, काठमाडौं । अर्थ मन्त्रालयले भोटेकोशी बाढीले राजस्व संकलन प्रभावित हुने प्रक्षेपण गरेको छ ।

गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक अर्थ बुलेटिन सार्वजनिक गर्दै अर्थले खर्चको दायित्व बढ्ने, नाका बन्द हुने र कर छुट लगायत प्रावधानले चालु आव २०८३/८४ मा स्रोतमा थप चाप पर्ने बताएको हो ।

मन्त्रालयले भोटेकोशी बाढीपछिको राहत तथा पुनर्निर्माण बजेटको एक तिहाइभन्दा बढी हुने अनुमानले खर्चको दायित्व बढाउने अनुमान गरेको छ ।

रसुवा–तातोपानी नाका बन्द तथा कर छुट लगायत प्रावधानले राजस्वमा क्षति पुग्ने र यसले स्रोतमा चाप पर्ने अनुमान अर्थले गरेको हो ।

१० भदौको बाढीले ४ सय ३१ मेगावाट विद्युत् उत्पादनमा असर गरेको अनुमान छ । जुन जडित क्षमताको करिव १० प्रतिशत बराबर हो ।

त्यस्तै पर्यटन र पूर्वाधारमा क्षति पुर्‍याइ कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब ११ प्रतिशत बराबर पुनर्निर्माण आवश्यकता सिर्जना गरेको छ । जुन ७ खर्ब २३ अर्ब बराबर हो । चालु आव सरकारले ७ प्रतिशत बराबर आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो । तर, लक्ष्य पूरा नहुने अवस्था निश्चित भएको छ ।

विश्व बैंकले ३.७ प्रतिशत र एसियाली विकास बैंकले ४.१ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरेका छन् । अर्थले समेत चालु आवमा ३.५ प्रतिशतदेखि ४ प्रतिशत बीचमा हुने अनुमान गरेको छ ।

मुद्रास्फीति भने लक्ष्य भित्रै रहने अनुमान अर्थको छ । २०८२/८३ मा भने अर्थतन्त्र बिस्तार ३.८५ प्रतिशतले हुने अनुमान यसअघि नै राष्ट्रिय तथ्यांक कार्यालयले गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?