+
+
Shares

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू देउवा समूहको महाधिवेशनमा स्वतः प्रतिनिधि

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले जनप्रतिनिधिहरूलाई १५औं महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १४:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको देउवा समूहले पार्टीबाट निर्वाचित पालिका प्रमुख, उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई १५औं महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ।
  • केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई पत्र पठाएर जनप्रतिनिधिहरू आ–आफ्नो निर्वाचन क्षेत्रबाट स्वतः प्रतिनिधि हुने जानकारी गराएका छन्।
  • पत्रमा पदमा रहेका जनप्रतिनिधिहरूलाई सोहीबमोजिम व्यवस्था गर्न अनुरोध गरिएको छ।

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले जनप्रतिनिधिहरूलाई १५औं महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको छ ।

देउवा समूहले पार्टीका तर्फबाट निर्वाचित भएका पालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यहरूलाई स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको हो ।

देउवा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई दुई दिन अघि पत्र पठाएर जनप्रतिनिधिहरू आ–आफ्नो निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने निर्णय भएको जानकारी गराएका छन् ।

‘प्रत्येक निर्वाचन क्षेत्रअन्तर्गत स्थानीय तहमा नेपाली कांग्रेस पार्टीको तर्फबाट निर्वाचित हुनुभएका पालिका-नगर-उपमाहानगर-महानगरपालिका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचित भई हाल पदमा कार्यरत रहनु भएका जनप्रतिनिधिहरू आ–आफ्नो निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने भन्ने गर्ने निर्णय भएको हुँदा सोहीबमोजिम गर्नु गराउन हुन अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?