+
+
Shares

निर्यात र रेमिट्यान्स बढ्दा शोधनान्तर स्थिति करिब २ खर्ब बचतमा

चालु आर्थिक वर्षको भदौ महिनामा सोधनान्तर स्थिती एक खर्ब ८२ अर्बले बचतमा रहेको छ । निर्यात र रेमिट्यान्समा आएको सुधानले सोधनान्तर बचत बढेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १५:२९

२९ असोज, काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा सोधनान्तर स्थिति १ खर्ब ८७ अर्बले बचतमा रहेको छ । निर्यात र रेमिट्यान्समा आएको सुधानले शोधनान्तर बचत बढेको हो । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ५३ अर्ब ६८ करोडले बचतमा रहेको थियो ।

चालु आर्थिक वर्षको भदौमा रेमिटयन्स २ अर्ब २१ अर्ब भित्रिएको छ, भने निर्यात ६९ प्रतिशतले बढेर ७६ अर्ब ५९ करोड पुगेको छ । चालु आवको भदौमा चालु खाता एक खर्ब ६९ अर्ब ४ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा चालु खाता एक खर्ब ३० अर्ब ९७ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६७ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा रहेको छ ।

चालु आवको भदौमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ५३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब २० करोड रहेको थियो ।

यसैगरी, चालु आवको भदौमा २ अर्ब ९८ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । गत आवमा सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब २७ करोड रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?