+
+
Shares

सर्लाहीमा १३२ केभी प्रसारण लाइनको टावरमा चढेकी युवतीको ३ घण्टापछि उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १०:२७

३० असोज, सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–२ पिपरियास्थित नवलपुर–चैनपुरा १३२ केभी प्रसारण लाइनको टावरमा चढेकी १७ वर्षीया युवतीको तीन घण्टापछि सकुशल उद्धार गरिएको छ।

बिहीबार साँझ करिब साढे ४ बजे प्रसारण लाइनको ४५ नम्बर टावरमा चढेकी युवतीलाई राति ८ बजे प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो।

कविलासी नगरपालिका–७ सिरसियाकी ती युवती टावरमा चढेपछि सम्भावित दुर्घटना रोक्न विद्युत् सेवा अवरुद्ध गरिएको थियो। त्यसका कारण सर्लाहीका आधा दर्जनभन्दा बढी स्थानीय तहमा विद्युत् सेवा प्रभावित भएको थियो।

प्रसारण लाइनका प्रशासन प्रमुख कुनाल चौधरीका अनुसार प्रहरीको संयुक्त टोलीले लामो प्रयासपछि युवतीलाई सकुशल उद्धार गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?