+
+
Shares

योगेन्द्र चौधरी कांग्रेसको सहमहामन्त्री निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट दाङका योगेन्द्र चौधरी थारु क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएका छन्।
  • पार्टीको केन्द्रीय निर्वाचन समितिले थारु क्लस्टरको अन्तिम मतपरिणाम घोषणा गरेको छैन।
  • कांग्रेसले आधिकारिक फेसबुक पेजबाट चौधरीलाई सहमहामन्त्रीमा निर्वाचित भएको भन्दै बधाई दिएको छ।

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नेता योगेन्द्र चौधरी सहमहामन्त्रीमा निर्वाचित भएका छन् ।

उनी थारु क्लस्टरबाट सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् ।

केन्द्रीय निर्वाचन समितिले थारु क्लस्टरको अन्तिम मतपरिणाम भने घोषणा गरेको छैन ।

तर, कांग्रेसले पार्टीको आधिकारिक फेसबुक पेजबाट चौधरीलाई सहमहामन्त्रीमा निर्वाचित भएको भन्दै बधाई दिएको छ ।

दाङका चौधरी गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका थिए ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?