+

एसियाड पदक विजेता तेन्जिङलाई तारकेश्वरको सम्मान

२०८३ असोज  ३० गते १९:०५ २०८३ असोज ३० गते १९:०५

तार्केश्वर नगरपालिकाले २० औं एसियाली खेलकुदअन्तर्गत करातेका पदक विजेता तेन्जिङ शेर्पालाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तार्केश्वर नगरपालिकाले २० औं एसियाली खेलकुदका कराते पदक विजेता तेन्जिङ शेर्पालाई २५ हजार नगद र प्रशंसा पत्रसहित सम्मान गरेको छ ।
  • जापानको आइची–नागोयामा भएको २० औं एसियाडमा तेन्जिङले पुरुष ८४ केजीमुनि लाओसका खेलाडीलाई ९–१ ले हराउँदै कांस्य जितेका थिए ।
  • तेन्जिङले नेपालका लागि २० औं एसियाडको पदक खाता खोलेका थिए, जहाँ नेपालले २ कांस्य मात्र जित्यो ।

३० असोज, काठमाडौं । तारकेश्वर नगरपालिकाले २० औं एसियाली खेलकुदअन्तर्गत करातेका पदक विजेता तेन्जिङ शेर्पालाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, तार्केश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल र तार्केश्वर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीले तेन्जिङलाई २५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

जापानको आइची–नागोयामा भएको २० औं एसियाली खेलकुदमा तेन्जिङले करातेतर्फ पुरुष ८४ केजीमुनि कांस्य जितेका थिए । २०औं एसियाडको करातेमा नेपालका लागि तेन्जिङले मात्र पदक जिते । कांस्य पदकको लागि भएको प्रतिस्पर्धा तेन्जिङले लाओसका खेलाडीलाई ९–१ ले पराजित गर्दै कांस्य पदक पक्का गरेका थिए ।

तेन्जिङको २०औं एसियाडमा नेपालको पदकको खाता समेत खोलेका थिए ।

तेन्जिङपछि महिला कबड्डी टिमले पनि २०औं एसियाडमा कांस्य पदक जितेको थियो । २१ खेलमा १३५ खेलाडी सहभागि हुँदा नेपालले जम्मा २ कांस्य पदक मात्र जितेको हो ।

समग्र एसियाडको करातेमा नेपाललाई पदक दिलाउने तेन्जिङ पाँचौ खेलाडी हुन् । यसअघि एसियाडमा करातेले १ रजत र ३ कांस्य जितेको थियो । १९९४ को हिरोसिमा एसियाडमा सीता राई, १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले र सन् २०१४ को इन्चोन एसियाडमा विमला तामाङले कांस्य तथा सन् २०२२ को हाङझाव एसियाडमा एरिका गुरुङले रजत जितेका थिए ।

२०औं एसियाड तेन्जिङ शेर्पा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय