News Summary
Generated by OK AI. Editorially reviewed.- नासा नेपालले आयोजना गरेको नेपाल सिम रेसिङ नेशनल च्याम्पियनसिपको उपाधि जयप्रताप मास्के र कुशल भण्डारीले जिते ।
- सिनियर क्याटागोरीमा जयप्रताप मास्के प्रथम र निमन शाक्य दोस्रो भए भने जुनियर क्याटागोरीमा कुशल भण्डारी प्रथम, स्पर्श व्यान्जु दोस्रो र विनित महर्जन तेस्रो भए ।
- भेट्रान च्यालेन्जमा भुषण कुमार श्रेष्ठले जित हात पारे, र विजेताहरूलाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरियो ।
३० असोज, काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा भएको नेपाल सिम रेसिङ नेशनल च्याम्पियनसिपको उपाधी जयप्रताप मास्के र कुशल भण्डारीले जितेका छ ।
अन्तर्राष्ट्रिय अटोमोवाइल फेडरेसन (एफआइए) को मोटरस्पोर्टस् फण्डिङ प्रोगाम अन्तर्गत अन्तर्राष्ट्रिय खेलकुद परिषर, सातदोबाटो असोज २८ र २९ गते भएको उक्त प्रतियोगिताको सिनियर (एम्योचर) क्याटागोरीमा जय प्रताप मास्के प्रथम र निमन शाक्य दोश्रो भए । कुल ८ जना खेलाडी सहभागी सो क्याटागोरीको फाइनल राउण्ड ‘सर्किट डे लेडेनोन’ मा खेलाइएको थियो । कुल आठ ल्यापको ३.१ कि.मी, १३ कर्नर, काउण्टर क्लकवाइजको सो ट्रयाकको प्रतिष्पर्धाको बेष्ट ल्याप १ मिनेट २२ सेकेन्डमा पुरा गरेका जयप्रतापको जयप्रतापको यो रेकर्ड यस ट्रयाकको विश्व रेकड १ मिनेट ३१ सेकेन्ड भन्दा थोरैले मात्र पछाडी हो ।

जयप्रताप भन्दा ४ सेकेन्ड पछाडी परेको अघिल्लो सिजनका विजेता निमन शाक्यले १ मिनेट २६ सेकेन्डमा सो दुरी पार गर्दै दोश्रा भए । जय प्रतापले १२ हजार नगद तथा निमनले ६ हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
त्यसै गरि विद्यालय/कलेजका विद्याथीहरु सहभागी भएका जुनियर (रुकि) क्याटागोरीमा कुशल भण्डारी प्रथम, स्पर्श व्यान्जु दोस्रो तथा विनित महर्जन तेस्रो भए । उनिहरुले क्रमश: ९ हजार, ६ हजार र ३ हजार नगद पुरस्कार, मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।
विभिन्न डिजायन र ब्राण्डका ट्रयाक र फरम्याटमा संचालित प्रतियोगीताको रुकी फाइल भने ‘ओकेयामा सर्किट’मा संचालन गरिएको थियो । ३.६ किमि र ११ टर्निङ्गको ट्रयाकमा ५ ल्यापको प्रतिस्पर्धामा कुल १६ जना प्रतिस्पर्धी थिए ।
एफआइए सर्टिफाइड एडभान्स सिम रेसिङको सिमुलेटरमा आइरेसिङ गेमिङमा नेपालमै पहिलोपटक आयोजित सो प्रतिस्पर्धाको उद्घाटन नासा नेपालका अध्यक्ष दशरथ रिसाल तथा अन्तर्राष्ट्रिय खेलकुद परिषरका प्रमुख चन्द्रकुमार राईने गरेका थिए ।
प्रतियोगिताको तश्रो क्याटगोरी भेट्रान च्यालेन्ज समेत आयोजना गरिएको थियो । कुन ६ जना ड्राइभरको सहभागीता रहेको सो क्याटोगोरीमा भुषण कुमार श्रेष्ठले जित हात पारे ।

संघका अध्यक्ष दशरथ रिसाल, कार्यकारी निर्देशक गोविन्द भट्टराई, सचिव सन्तोष न्यौपाने, सह कोषाध्यक्ष कमला क्षेत्री, सल्लाहकार ठाकुर न्यौपाने, अमर ज्योति रञ्जित, नासा फाउडेसनकी डा टिका ढकाल लगायतले पुरस्कार वितरण गरे ।
प्रतिक्रिया 4