+

एसियन पारा खेलकुद : स्वीमिङका हर्कमान घर्ती फाइनलमा

२०८३ कात्तिक  २ गते १०:०९ २०८३ कात्तिक २ गते १०:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा जारी आइची–नागोया २०२६ एसियन पारा खेलकुदमा नेपाली पारा पौडी खेलाडी हर्कमान घर्तीले पुरुष ५० मिटर फ्रिस्टाइल एस–५ को फाइनलमा स्थान बनाए।
  • हिट्स चरण पार गर्दै फाइनल पुगेका हर्कमान एसियन पारा खेलकुदको यस स्तरमा फाइनल पुग्ने पहिलो नेपाली पारा पौडी खेलाडी बने।
  • राष्ट्रिय पारा पौडी संघ नेपालले हर्कमानको उपलब्धिलाई ऐतिहासिक भन्दै प्रशिक्षक, परिवार र सहयोगीलाई धन्यवाद दिएको छ।

२ कात्तिक, काठमाडौं । नेपाली पारा पौडी खेलाडी हर्कमान घर्ती जापानमा जारी आइची–नागोया २०२६ एसियन पारा खेलकुदको पुरुष ५० मिटर फ्रिस्टाइल एस–५ स्पर्धाको फाइनलमा प्रवेश गरेका छन् ।

राष्ट्रिय पारा पौडी संघ नेपाल (एनपीएसएएन) का अनुसार हर्कमानले हिट्स चरण पार गर्दै फाइनलमा स्थान बनाएका हुन् । एसियन पारा खेलकुदको यस स्तरमा फाइनल पुग्ने उनी पहिलो नेपाली पारा पौडी खेलाडी बनेका छन् ।

संघले हर्कमानको उपलब्धिलाई ऐतिहासिक भन्दै उनको अनुशासन, साहस र निरन्तर प्रयासले नेपाली पारा खेलाडीका लागि प्रेरणा दिएको जनाएको छ ।

संघले उनको प्रशिक्षक, परिवार तथा सफलतामा योगदान गर्ने सबैलाई धन्यवाद दिँदै फाइनलका लागि शुभकामना पनि दिएको छ।

हर्कमानले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै बलियो नतिजा निकाल्ने अपेक्षा गरिएको छ।

एसियन पारा खेलकुद हर्कमान घर्ती

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय