+

कांस्य पदक भिडन्तमा रेनु पराजित

२०८३ कात्तिक  २ गते २२:०० २०८३ कात्तिक २ गते २२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा जारी पाँचौं एसियाली पारा खेलकुदको तेक्वान्दोमा नेपालकी रेनु तामाङ कांस्य पदक भिडन्तमा चीनकी बो यानसँग पराजित भएकी छिन्।
  • नागोया सिटी मिजुहो पार्क जिम्नाजियममा महिला के–४४ क्याटगोरीको ४७ केजीमुनि रेनुले पहिलो खेलमा थाइल्यान्डकी ख्वानसुन्डासँग हार बेहोरेकी थिइन्।
  • ख्वानसुन्डा फाइनलमा पुगेपछि रेनुले रिपेचेज पाउँदै दक्षिण कोरियाकी इओजिनलाई हराएर कांस्य पदक भिडन्तमा प्रवेश गरेकी थिइन्।

२ कात्तिक, काठमाडौं । जापानमा जारी पाँचौं एसियाली पारा खेलकुदको तेक्वान्दोमा नेपालकी रेनु तामाङ कांस्य पदक भिडन्तमा सोमबार पराजित भएकी छिन् ।

नागोया सिटी मिजुहो पार्क जिम्नाजियममा महिला के–४४ क्याटगोरीको ४७ केजीमुनि रेनु चीनको बो यानसंग पराजित भइन् ।

पहिलो खेलमा रेनु थाइल्यान्डकी ख्वानसुन्डासँग पराजित भएकी थिइन् । ख्वानसुन्डा फाइनलमा प्रवेश गरेपछि रेनुले रिपेचेजको अवसर पाएकी थिइन् ।

रिपेचजको पहिलो खेलमा रेनुले दक्षिण कोरियाकी इओजिनलाई हराउदै कांस्य पदक भिडन्तमा प्रवेश गरेकी थिइन् ।

एसियन पारा गेम्स रेनु तामाङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय