+

आइएचएफ नेसन्स वुमेन्स ट्रफी : माल्दिभ्सविरुद्ध नेपालको जित

२०८३ कात्तिक  २ गते २२:०२ २०८३ कात्तिक २ गते २२:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ढाकामा जारी आइएचएफ नेसन्स वुमेन्स ट्रफी २०२६ जोन–२ अन्तर्गत नेपालले मंगलबार माल्दिभ्सलाई २४–१८ गोल अन्तरले हराएको छ।
  • माल्दिभ्सविरुद्धको खेलमा नेपालकी विमला तामाङ प्लेयर अफ द म्याच घोषित भइन्।
  • नेपालले पहिलो खेलमा आयोजक बंगलादेशसँग हार बेहोरेको थियो र बुधबार भारतसँग खेल्नेछ।

२ कात्तिक, काठमाडौं । बंगलादेशको राजधानी ढाकामा जारी आइएचएफ नेसन्स वुमेन्स ट्रफी २०२६ जोन–२ अन्तर्गत नेपालले दोस्रो खेलमा जित हात पारेको छ । नेपालले मंगलबार माल्दिभ्सलाई २४–१८ गोल अन्तरले पराजित गरेको हो ।

अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघ (आइएचएफ) को आयोजनामा जारी प्रतियोगितामा नेपालले एक खेलमा हार र एक खेलमा जित निकालेको छ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित भएको थियो ।

माल्दिभ्सविरुद्धको खेलमा नेपालकी विमला तामाङ प्लेयर अफ द म्याच घोषित भइन् । नेपालले आफ्नो तेस्रो खेल बुधबार भारतसँग खेल्नेछ ।

बन्दना राईको कप्तानीमा रहेको नेपाली टोलीमा उमा राई, देवकुमारी बास्कोटा, विमला तामाङ, दुर्गा बोहरा, हिलिना राना, कल्पना ओली, कोमली खड्का, समिना चौधरी, सम्झना कुमाल, संगीता चौधरी, सञ्जु राई, शान्तिकला राई र ममता राना छन् । टोलीको प्रशिक्षकमा सुशील अधिकारी रहेका छन् ।

आइएचएफ नेसन्स वुमेन्स ट्रफी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय