+

एनपीएलका सबै खेललाई लिस्ट ए टी-२० मान्यता

२०८३ कात्तिक  ४ गते १९:०७ २०८३ कात्तिक ४ गते १९:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका सबै खेलले आईसीसीको लिस्ट ए टी–२० मान्यता पाएको जनाएको छ।
  • क्यानका अनुसार प्रतियोगिता २०८३ असोज १० देखि कात्तिक ३० सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।
  • क्यानले यो मान्यताले नेपाली क्रिकेटको विकास, व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान बढ्ने विश्वास व्यक्त गरेको छ।

४ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता पाएका छन् ।

क्यानले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । ‘आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेलले लिस्ट ए टी–२० को आधिकारिक मान्यता प्राप्त गरेका छन्’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि गत शुक्रबार एनपीएललाई आईसीसीले मान्यता दिएको थियो । लिस्ट ए स्टाटसका बारेमा भने आज आधिकारिक जानकारी आएको हो ।

क्यानले यस मान्यताले नेपाली क्रिकेटको विकास, व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

एनपीएल कात्तिक ९ देखि मंसिर ५ सम्म हुँदैछ ।

आईसीसीको मान्यता एनपीएल २०२६ एनपीएल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय