+
च्याम्पियन्स लिग फुटबल :

च्याम्पियन्स लिगमा रियलको सहज जित, बायर्न र आर्सनलको बराबरी

२०८३ कात्तिक  ५ गते ७:५४ २०८३ कात्तिक ५ गते ७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यूईएफए च्याम्पियन्स लिगमा रियल मड्रिडले आरबी लाइपजिगलाई ४–१ ले हराउँदै ३ खेलमा ९ अंकसहित चौथो स्थानमा उक्लिएको छ।
  • बायर्न म्युनिख र आर्सनलले २–२ को बराबरी खेल्दै क्रमशः ५ र ७ अंक जोडेका छन्।
  • गएरातिका अन्य खेलमा एस्टन भिल्ला, गालातासारे, क्लब ब्रुग, इन्टर मिलान, रियल बेटिस र एलएएसके विजयी भएका छन्।

५ कात्तिक, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको लिग चरणको खेलमा रियल मड्रिडले आरबी लाइपजिगलाई ४–१ गोलले हराएको छ। अर्को खेलमा बायर्न म्युनिख र आर्सनलले २–२ को बराबरी खेलेका छन्।

रियलको जितमा बर्नार्डो सिल्भा, आर्दा गुलर, किलियन एम्बाप्पे र यान डिओमान्डेले गोल गरे। सिल्भाले ४३औं मिनेटमा गोल गर्दै रियललाई पहिलो हाफमा अग्रता दिलाएका थिए।

गुलरले ५२औं मिनेटमा रियलको अग्रता दोब्बर बनाए। एम्बाप्पेले ८३औं मिनेटमा गोल गरे भने लाइपजिगका टिडियाम गोमिसले ८५औं मिनेटमा एक गोल फर्काए।

त्यसको दुई मिनेटपछि डिओमान्डेले गोल गर्दै रियलको ४–१ को जित पक्का गरे ।

यस जितसँगै च्याम्पियन्स लिगमा रियलले शतप्रतिशत जितको लय कायमै राख्दै ३ खेलमा ९ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।

बायर्न र आर्सनलको बराबरी

गएराति नै भएको अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब आर्सनलबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ। आर्सनलका एबेरेची एजेले २५औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। बायर्नका अल्फोन्सो डेभिसले ३५औं मिनेटमा बराबरी गोल गरे।

ह्यारी केनले ६१औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई खेलमा अगाडि ल्याए। तर, आर्सनलका डेक्लान राइसले ८२औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।

खेलको सुरुआतमै आर्सनलका बुकायो साकालाई चोटका कारण मैदान छाड्नुपरेको थियो। उनको स्थानमा आएका एजेले आर्सनलका लागि पहिलो गोल गरेका थिए।

बराबरीपछि १४औं स्थानमा रहेको बायर्नको ३ खेलमा ५ अंक भएको छ भने समान खेलमा ७ अंक जोडेको आर्सनल सातौं स्थानमा छ ।

अन्य नतिजा

गएराति नै भएका अन्य खेलमा एस्टन भिल्लाले भिकिङलाई ३-१ ले पराजित गर्दा गालातासारेले लिललाई ४-२ ले हरायो ।

त्यस्तै क्लब ब्रुगले लेन्सलाई ३-०, इन्टर मिलानले शाख्तर डोनेट्स्कलाई १-०, रियल बेटिसले फेयनोर्डलाई १-० तथा एलएएसकेले स्पोर्टिङ सीपीलाई ३-२ गोलले पराजित गरे ।

आर्सनल च्याम्पियन्स लिग फुटबल बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय