+

नेपाल र भारत ए बीचको शृङ्खला स्थगित, नयाँ तालिका सार्वजनिक गरिने

२०८३ कात्तिक  ५ गते ९:१५ २०८३ कात्तिक ५ गते ९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका कारण नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने शृङ्खला स्थगित भएको छ।
  • नेपाल क्रिकेट संघले बीसीसीआईसँगको समन्वय र सहमतिमा शृङ्खलाको नयाँ तालिका तय गरी सार्वजनिक गरिने जनाएको छ।

५ कात्तिक, काठमाडौं ।  नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खला स्थगित भएको छ।

नेपालमा आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता आयोजना हुने भएपछि दुई टोलीबीचको शृङ्खला स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा हुने छनोट प्लेअफका कारण प्रभावित बनेको शृङ्खलाको नयाँ तालिका भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र क्यानबीचको समन्वय तथा सहमतिमा तय गरी सार्वजनिक गरिने क्यानले जनाएको छ ।

नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय