News Summary
Generated by OK AI. Editorially reviewed.- दाङको गढवा गाउँपालिका–८ चारखम्बाबाट प्रहरीले अवैध पटाकासहित २५ वर्षीय अनुभव अग्रवाललाई पक्राउ गरेको छ ।
- अग्रवालले कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमार्फत सामान ल्याउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ ।
- बरामद पटाकाको बजार मूल्य रु दुई लाख १० हजार १३६ रहेको प्रहरीले जनाएको छ ।
६ कात्तिक, दाङ । अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा भारत उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डि निवासी २५ वर्षीय अनुभव अग्रवाल छन् ।
अग्रवाललाई कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमार्फत ती सामान ल्याउँदै गरेका बखत प्रहरीले गढवा गाउँपालिका–८, चारखम्बाबाट पक्राउ गरेको जनाएको छ ।
बरामद गरिएका पटाकाको बजार मूल्य रु दुई लाख १० हजार १३६ बराबरको रहेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीले जानकारी दिए ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4