+

वेस्ट इन्डिजका शेरफन रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

२०८३ कात्तिक  ७ गते ८:०४ २०८३ कात्तिक ७ गते ८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।
  • २८ वर्षीय रदरफोर्डले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेलमा क्रमशः ८७३ र १ हजार १२३ रन बनाएका छन्।
  • रदरफोर्डले सबैखाले टी–२० क्रिकेटमा २८३ खेलमा ५ हजार ९० रन, ३२४ छक्का र १४२.०५ स्ट्राइक रेट बनाएका छन्।

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।

२८ वर्षीय बायाँहाते ब्याटर र मध्यम गतिका बलर रदरफोर्ड छोटो प्रारूपका आक्रामक खेलाडीका रूपमा परिचित छन्। उनी मध्यक्रममा ब्याटिङ गर्दै छिटो रन बनाउन सक्ने क्षमता राख्छन्।

रदरफोर्डले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीयमा उनले ८७३ रन बनाएका छन् भने टी–२० अन्तर्राष्ट्रियमा १ हजार १२३ रन जोडेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर ८४ रन हो।

सबैखाले टी–२० क्रिकेटमा रदरफोर्डले २८३ खेलमा ५ हजार ९० रन बनाएका छन्। उनले यस प्रारूपमा ३२४ छक्का प्रहार गरेका छन्। उनको टी–२० ब्याटिङ स्ट्राइक रेट १४२.०५ छ।

उनी प्राय बलिङमा देखिँदैनन् । तर टी-२० मा भने २८३ खेलमध्ये ३३ इनिङमा मात्र बलिङ गरेका छन् र १८ विकेट लिएका छन् ।

रदरफोर्डले सन् २०१८ मा क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट टी–२० क्रिकेटमा पदार्पण गरेका थिए। त्यसै वर्ष उनले वेस्ट इन्डिजका लागि टी–२० अन्तर्राष्ट्रिय खेल्न थाले। सन् २०२३ मा इंग्ल्यान्डविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा पदार्पण गरेका उनले दोस्रो खेलमै ६३ रन बनाएका थिए।

फ्रेन्चाइज क्रिकेटमा रदरफोर्डले सीपीएल, इन्डियन प्रिमियर लिग (आईपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बंगलादेश प्रिमियर लिग, लंका प्रिमियर लिग, आईएलटी–२० र मेजर लिग क्रिकेट खेलेका छन्। उनी सन् २०२२ मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले सीपीएल उपाधि जित्दा टोलीमा थिए भने सन् २०२०–२१ मा कराँची किङ्सबाट पीएसएल उपाधि जितेका थिए।

आईपीएलमा रदरफोर्डले सन् २०२५ मा गुजरात टाइटन्सबाट १३ खेल खेल्दै २९१ रन बनाएका थिए। त्यसअघि उनले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबाट पनि खेलेका थिए। मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्ससँग उपाधि जिते पनि ती सिजनमा उनले खेल्ने अवसर पाएका थिएनन्।

एनपीएल २०२६ शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय