७ कात्तिक, काठमाडौं । काठमान्डुले सामाजिक सञ्जालमार्फत स्मित पटेललाई अनुबन्ध गरेको जनाएको हो ।
अमेरिकी विकेटकिपर ब्याटर पटेलले भारतबाट खेल्दा सन् २०१२ को यू-१९ विश्वकप पनि जितेका छन् ।
हाल अमेरिकी राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका स्मित टप अर्डर ब्याटर हुन् ।
उनले त्रिवि क्रिकेट मैदानमा पनि खेलेका छन् ।
पटेलले टी-२०आई मा २ खेल खेल्दा ३५ रन बनाएका छन् भने समग्र टी-२० मा ४४ खेलमा ९१३ रन बनाएका छन् ।
काठमान्डुले यसअघि अस्ट्रेलियाका डेभिड वार्नर र विल बोसिस्टो तथा यूएईका केएस भरत र श्रीलंकाका सहान अराचिगेलाई अनुबन्ध गरिसकेको छ ।
प्रतिक्रिया 4