+
+
Shares

रूकुम पश्चिममा बालक मृत्युको घटनामा एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ७ गते १६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ मा ६ वर्षीय रमेश नाथको हत्या गरेको अभियोगमा ३३ वर्षीय भक्त बहादुर नाथ पक्राउ परेका छन्।
  • शुक्रबार साँझ ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका रमेशको जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको थियो।
  • प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।

७ कात्तिक, रूकुम पश्चिम । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ मा ६ वर्षीय बालकलाई हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

बल बहादुर नाथको छोरा ६ वर्षीय रमेश नाथको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय भक्त बहादुर नाथलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

भक्त बहादुरले शुक्रबार साँझ ढुङ्गा प्रहार गर्दा रमेश गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

गम्भीर घाइते भएका रमेशको जिल्ला अस्पताल सल्ले रूकुम पश्चिममा थप उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?