+
+
Shares

कञ्चनपुरमा कुकुरले पत्ता लगायो मुखभित्र लुकाइएको खैरो हेरोइन, एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ७ गते २०:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको भीमदत्त नगरपालिका–१० भन्सार बेरियलमा चेकजाँचका क्रममा कुकुर ‘अल्फा’को सहयोगमा १.७८ ग्राम खैरो हेरोइन फेला परेको छ।
  • भारतको वनबासाबाट महेन्द्रनगरतर्फ पैदल आउँदै गरेका भीमदत्त नगरपालिका–१८ का २६ वर्षीय रामकृष्ण बरालको मुखभित्र लुकाइएको लागूऔषध बरामद भएको हो।
  • सशस्त्र प्रहरीले बराललाई अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाएको छ।

७ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालको तालिमप्राप्त कुकुर ‘अल्फा’को सहयोगमा मुखभित्र लुकाइएको १.७८ ग्राम खैरो हेरोइन फेला परेको छ ।

शुक्रबार साँझ भीमदत्त नगरपालिका–१० स्थित भन्सार बेरियलमा गरिएको चेकजाँचका क्रममा उक्त पदार्थ फेला परेको हो ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकीबाट डग स्क्वाड टोली र प्रहरी टोलीले संयुक्त रूपमा चेकजाँच गरेको थियो ।

भारतको वनबासाबाट महेन्द्रनगरतर्फ पैदल आउँदै गरेका भीमदत्त नगरपालिका–१८ भगतपुरका २६ वर्षीय रामकृष्ण बराललाई शंका लागेर जाँच गर्ने क्रममा सशस्त्र प्रहरीको तालिमप्राप्त पोथी लेब्राडोर कुकुर ‘अल्फा’को सहयोगमा उनको मुखभित्र लुकाइएको उक्त पदार्थ फेला परेको सशस्त्र प्रहरीले जनाइएको छ ।

बरामद पदार्थको तौल १.७८ ग्राम रहेको छ । बराललाई अनुसन्धान तथा कानुनी कारबाहीका लागि शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?