News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाका बायाँहाते ब्याटर साम हिजलेटले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन्।
- हिजलेटले गत संस्करणमा विराटनगर किङ्सबाट खेलेका थिए र यसपटक टोली परिवर्तन गर्दै काठमान्डुमा आबद्ध भएका हुन्।
- काठमान्डुले यसअघि अस्ट्रेलियाका डेभिड वार्नर, विल बोसिस्टो, यूएईका केएस भरत र श्रीलंकाका सहान अरचिगेलाई अनुबन्ध गरेको छ।
८ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका बायाँहाते ब्याटर साम हिजलेटले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन्।
हिजलेटले गत संस्करणमा विराटनगर किङ्सबाट खेलेका थिए। यसपटक उनी टोली परिवर्तन गर्दै काठमान्डुमा आबद्ध भएका हुन्।
हिजलेटले अस्ट्रेलियाको घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन्। उनले सन् २०१५–१६ को सिजनमा तास्मानियाविरुद्ध प्रथम श्रेणी क्रिकेटमा पदार्पण गर्दा पहिलो इनिङ्समा १२९ र दोस्रो इनिङ्समा ७८ रन बनाएका थिए। उक्त सिजन उनले क्वीन्सल्यान्डका लागि ६४९ रन बनाएका थिए।
सन् २०१७ मा उनी अस्ट्रेलियाको एकदिवसीय टोलीमा पनि परेका थिए। उनले अस्ट्रेलियाका लागि एक मात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
हिजलेटले सबैखाले टी–२० क्रिकेटमा ५१ खेल खेल्दै ८९८ रन बनाएका छन्। यस प्रारूपमा उनको उच्च स्कोर अविजित ७४ रन हो। लिस्ट ए क्रिकेटमा उनले ४१ खेलमा १ हजार ६१८ रन बनाएका छन्, जसमा तीन शतक र १४ अर्धशतक समावेश छन्।
काठमान्डु गोर्खाजले हिजलेटको आगमनसँगै आफ्नो ब्याटिङ विकल्प थप गरेको छ।
काठमान्डुले यसअघि अस्ट्रेलियाकै डेभिड वार्नर र विल बोसिस्टोसँगै यूएईका केएस भरत र श्रीलंकाका सहान अरचिगेलाई अनुबन्ध गरेको छ ।
प्रतिक्रिया 4