+

एनपीएलमा सुरक्षा : दैनिक हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरमार्फत निगरानी

२०८३ कात्तिक  ८ गते १३:०५ २०८३ कात्तिक ८ गते १३:०५

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार, हिजो शनिबार मात्रै सीडीओसहितको टोली कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियम पुगेर अवलोकन गरिएको छ ।

फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको सुरक्षाका लागि दैनिक १ हजारभन्दा बढी प्रहरी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
  • एसएसपी दिलिप घिमिरेका अनुसार खेलाडी, ८ होटल, आवतजावत, ट्राफिक, स्टेडियम र दर्शकको सुरक्षा वर्गीकरण गरेर व्यवस्था मिलाइएको छ।
  • उद्घाटन र समापनमा भीआईपी र भीभीआईपी सवारी हुने भएकाले विशेष सुरक्षा व्यवस्था गरिनेछ।

८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् ।

एनपीएलकै लागि भनेर जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा योजना बनाएर काम सुरू गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार, हिजो शनिबार मात्रै सीडीओसहितको टोली कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियम पुगेर अवलोकन गरिएको छ ।

प्रहरीले एनपीएलका लागि विभिन्न भागमा वर्गीकरण गरेर सुरक्षा तय गरेको छ ।

खेलाडीको सुरक्षादेखि, उनीहरू बस्ने आठ वटा होटलको सुरक्षा, होटलबाट स्टेडियम जाँदाआउँदाको सुरक्षा, ट्राफिक व्यवस्थापन, खेल भएको बेला स्टेडियम तथा दर्शकको सुरक्षा गरी वर्गीकरण गरेर सुरक्षा प्रदान गरिने एसएसपी घिमिरेले बताए ।

खेलको उद्घाटन र समापनमा भीआईपी, भीभीआईपी सवारी हुने भएकाले उनीहरूको सुरक्षा पनि विशेष ख्याल गर्नेगरी व्यवस्था मिलाइएको उनले बताए ।

यी सबै सुरक्षाका लागि दैनिक एक हजार प्रहरी परिचालन हुने बताइएको छ । यसमा सादा पोशाकका प्रहरी पनि समेटिनेछन् ।

त्यस्तै सीसीटीभीबाट निगरानी गर्नेदेखि ड्रोनमार्फत निगरानी गर्ने र डग स्नीफिङ समेत गरिने प्रहरीले बताएको छ ।

अहिले स्टेडियम वरपर सीसीक्यामेरा समेत जडान गरिएको त्यहाँको निगरानी स्टेडियममै खटिएका प्रहरीले गर्नेछन् । अन्यत्रको सीसीक्यामेराका निगरानी भने प्रहरीको सीसीक्यामेरा कन्ट्रोल रुमबाट हुनेछ ।

नेपाल प्रहरी बाहेक बाह्य सुरक्षामा सशस्त्र प्रहरी पनि खटिने बताइएको छ ।

एनपीएल नेपाल प्रिमियर लिग सुरक्षा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय