+

एनपीएल : चलेन सुदूरपश्चिमको ब्याट, १० ओभरमै गुमायो ७ विकेट

२०८३ कात्तिक  ९ गते १८:०२ २०८३ कात्तिक ९ गते १८:०२

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सले ७ विकेट गुमाएको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले ७ विकेट गुमाएर ५६ रन बनाएको छ।
  • सुदूरपश्चिमले विनोद भण्डारी, आरिफ शेख, ब्रान्डन म्याकमुलेन, सैफ अली जैब, शेरफन रदरफोर्ड र इशान पाण्डेलाई गुमाएको छ।
  • लुम्बिनी लायन्सका शेर मल्लले १० औं ओभरमा दुई विकेट लिएर स्कट कुगेलेइनलाई एलबीडब्लू आउट गराए।

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सले ७ विकेट गुमाएको छ ।

१० औं ओभरमा शेर मल्लले दुई विकेट लिए। उनले सातौं विकेटको रुपमा स्कट कुगेलेइनलाई एलबीडब्लू आउट गराएका हुन्।

अम्पायरले आउट दिएका थिएनन् । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले रिभ्यू लिएका थिए। बल पिचिङ आउटसाइड अफ, इम्प्याक्ट इन लाइन, विकेट्स हिटिङ थियो।

यसअघि सुदूरपश्चिम रोयल्सले ९.२ लुम्बिनी लायन्सका शेर मल्लको बलमा शेरफन रदरफोर्ड गुमाएको हो।

रदरफोर्ड  ठूलो शटको प्रयासमा  आउट भएका छन् । बल माथि मात्रै गयो । लङअनमा आसिफ शेखले क्याच लिएका हुन् ।अहिले सुदूरपश्चिम ५६ रन बनाएर खेलिरहेको छ।

त्यसअघि सुदूरपश्चिम रोयल्सले इशान पाण्डेलाई पाँचौं विकेटका रुपमा गुमाएको थियो। उनलाई साविक विजेता लुम्बिनी लायन्सका तिलकराज भण्डारीले पभेलियन फर्काएका हुन् । भण्डारीको बलमा कप्तान रोहित पौडेलले क्याच गरेर पाण्डेलाई आउट गरेका हुन्।

लुम्बिनीका शेर मल्लले ३.१ ओभरमा ओपनर सुदूरपश्चिमका ब्याट्सम्यान विनोद भण्डारीलाई पभेलियन फर्काएका थिए ।

उनीपछि आरिफ शेख एक ओभरमा सुदूरपश्चिमका लागि रन जोड्न नपाउँदै आउन हुन पुगेका थिए । आरिफलाई लुम्बिनीका किशोर महतोले आउट गरेका थिए ।

किशोरले नै सुदूरपश्चिमका लागि खेलिरहेका ब्रान्डन म्याकमुलेनलाई बोल्ड गरेका थिए । ब्रान्डन ४.४ ओभरमा पभेलियन फर्किएका थिए । उनले सुदूरपश्चिमका लागि दुई बल खेल्दै दुई रन जोडेका थिए ।

सुदूरपश्चिमले सैफ अली जैबलाई चौथो विकेटका रुपमा गुमाएको थियो ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय