+

एनपीएल : लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ८७ रनमा गर्‍यो अलआउट

२०८३ कात्तिक  ९ गते १८:३४ २०८३ कात्तिक ९ गते १८:३४

सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका लागि किशोरी महतोले चार, शेर मल्लले तीन, शाड्ली भानले एक, तिलकराज भण्डारी र रोहितकुमार पौडेलले एक विकेट लिए ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनपीएलको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले १७.२ ओभरमा ८७ रन बनाएर लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ।
  • सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले २३ बलमा सर्वाधिक २७ रन बनाए।
  • लुम्बिनीका किशोरी महतोले ४, शेर मल्लले ३, शाड्ली भान र तिलकराज भण्डारीले १-१ विकेट लिए।

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ ।

तेस्रो संस्करणअन्तर्गतको पहिलो खेलमा सुदूरपश्चिमले १७.२ ओभरमा मात्र ८७ रन जोड्न सक्यो ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका लागि किशोरी महतोले चार, शेर मल्लले तीन, शाड्ली भानले एक, तिलकराज भण्डारी र रोहितकुमार पौडेलले एक विकेट लिए ।

सुदूरपश्चिमलाई सस्तोमा समेट्न लुम्बिनी लायन्सका शेर मल्ल र किशोर महतोले उत्कृष्ट प्रदर्शन गरे ।

सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन जोडे । उनले २३ बलको सामना गरेका थिए ।

कप्तान ऐरीपछि शैफ अली जैबले १४ बलमा १३ जोडे । अन्य खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् ।

सुदूरपश्चिमको पहिलो विकेटको रुपमा चौथो ओभरको पहिलो बलमा विनोद भण्डारीलाई लुम्बिनीका शेरले एलबी डब्लुको धरापमा पारे । विनोद ९ रनमा आउट हुँदा आरिफ शेख कुनै पनि रन नजोडी आउट हुन पुगे ।

त्यसपछि पनि सुदूरपश्चिमको विकेट जान रोकिएन । २४ रन जोड्दा पहिलो विकेट गुमाएको सुदूरपश्चिमले ३४ रन पुराउँदा ४ विकेट गुमाउन पुग्यो । सैफ जैव १३, ब्रान्डन म्याकमुलेन २ र इशान पाण्डे ७ रनमा आउट भए । यस्तै शेर्फन रदरफोर्ड एक, स्कुट कुइगेलेइन र हेमन्त धामी कुनै पनि रन नजोडी आउट भए । अनिल खरेल ७ रनमा आउट हुँद अभिनास बोहरा अविजित रहे ।

एनपीएल लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय