+
+
Shares

पाकिस्तानका खेलाडीले एनपीएल खेल्नेबारे अन्योल

पाकिस्तान क्रिकेट बोर्डले एनओसी नदिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीको सहभागिताबारे अन्योल कायम रहेको क्यानले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते ११:०२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तान क्रिकेट बोर्डले एनओसी नदिँदा नेपाल प्रिमियर लिगमा पाकिस्तानी खेलाडीको सहभागिताबारे अन्योल कायम रहेको क्यानले जनाएको छ ।
  • क्यान अध्यक्ष चतुरबहादुर चन्दले अहिलेसम्म एनओसी नआएको र पीसीबीले कुनै रेस्पोन्स नगरेको बताउनुभयो ।
  • पीसीबीले एनपीएल खेल्न आएका पाकिस्तानी खेलाडीलाई एनओसी दिन थप २५ हजार अमेरिकी डलर मागेको छ ।

१० कात्तिक, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले एनओसी नदिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीको सहभागिताबारे अन्योल कायम रहेको क्यानले जनाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पाकिस्तानका खेलाडीहरूको अहिलेसम्म अब्जेक्सन सर्टिफिकेट (एनओसी) नआएको बताएका छन् । जसका कारण उनीहरूले एनपीएल खेल्नेबार अन्योल कायमै रहेको हो ।

अनलाइनखबरसँग कुराकानी गर्दै अध्यक्ष चन्दले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनओसीको विषयमा कुनै रेस्पोन्स नगरेको बताए ।

‘कसैले एनओसी दिएन भने हामीले जबरजस्ती खेलाउन सक्दैनौं,’ उनले भने, ‘अहिलेसम्म एनओसी आएको छैन ।’

पाकिस्तान क्रिकेट बोर्डले फ्रेन्चाइजमा सम्भावना भएको लिगहरूलाई कमजोर पार्ने कदम चालेको क्यान अध्यक्ष चन्दले उल्लेख गरे ।

उनले भने, ‘यो गलत नजिर स्थापित गरेको छ । फ्रेन्चाइजमा सम्भावना भएको लिगहरूलाई कमजोर पार्ने खेल हो ।’

पीसीबीले एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी खेलाडीलाई एनओसी दिन थप २५ हजार अमेरिकी डलर मागेको थियो । योसँगै तत्कालका लागि पाकिस्तानका खेलाडीहरू एनपीएल खेल्नेबारे अन्योल बनेको छ ।

कर्णाली याक्स, जनकपुर बोल्ट्स र चितवन राइनोजले पाकिस्तानका खेलाडी टोलीमा अनुबन्ध गरेका थिए ।

कर्णालीमा अनुबन्ध भएका पाकिस्तानी खेलाडी साहिबजादा फरहान स्वदेश फर्किसकेका छन् । कर्णालीमा अनुबन्ध भएका पाकिस्तानका हुसेन तलत खेल्नेबारे पनि अन्योल कायमै छ ।

जनकपुरमा पाकिस्तानका इफ्तिखार अहमद र हुनैन शाह अनुबन्ध भएका थिए । पाकिस्तानका उसामा मिर, हसन अली र मोहम्मद नवाज चितवन टोलीमा थिए । अनुबन्ध भएका पाकिस्तानी खेलाडी खेल्न नपाउँदा फ्रेन्चाइज टोलीहरूलाई विदेशी खेलाडी (४) कोटा पूरा गर्न कठिन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?