News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सका आइकोनिक प्लेयर राहुल यादवले पहिलो बलमै दीपक डुम्रेलाई बोल्ड गरेका छन् ।
- दीपक डुम्रे १३ रन जोडेर पभेलियन फर्किएका छन् ।
- राहुल यादव जनकपुरको ट्यालेन्ट हन्टमार्फत आइकोनिक प्लेयर छानिएर एनपीएलमा प्रवेश पाएका हुन् ।
१० कात्तिक, काठमाडौं । जनकपुर बोल्ट्सका आइकोनिक प्लेयर राहुल यादवले पहिलो खेलको पहिलो बलमै विकेट लिएका छन् । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सविरुद्ध राहुलले पहिलो बलमै विकेट लिएका हुन्।
खेलको तेस्रो ओभर बलिङ गर्न आएको राहुलले पहिलो बलमै कर्णालीका दीपक डुम्रेलाई बोल्ड गराउन सफल भए । दीपक १३ रन जोडेर पभेलियन फर्किए । राहुल जनकपुरको ट्यालेन्ट हन्टमार्फत आइकोनिक प्लेयर छानिएर एनपीएलमा प्रवेश पाएका हुन् ।
प्रतिक्रिया 4