+

मझिया स्मृति कप महिला फुटबल : फेदाप सेमिफाइनलमा प्रवेश

२०८३ कात्तिक  १० गते २३:०२ २०८३ कात्तिक १० गते २३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फेदाप गाउँपालिका, पोक्लावाङ तेह्रथुमले प्रथम मझिया स्मृति कप २०८३ महिला फुटबलको तेस्रो क्वार्टरफाइनलमा डीवाईसी साँगुरीगढीलाई ४–० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ।
  • अनिता राना मगरले ह्याट्रिक गर्दै फेदापको जित सुनिश्चित गरिन् र उनी ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
  • प्रतियोगितामा आठ टोली सहभागी छन् र विजेताले तीन लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

१० कात्तिक, काठमाडौं । प्रथम मझिया स्मृति कप २०८३ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगितामा फेदाप गाउँपालिका, पोक्लावाङ तेह्रथुम सेमिफाइनलमा प्रवेश गरेको छ।

संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा मंगलबार भएको तेस्रो क्वार्टरफाइनलमा फेदापले डीवाईसी साँगुरीगढी, भेडेटार धनकुटालाई ४–० गोलले पराजित गरेको हो।

खेलको पहिलो मिनेटमै अनिता राना मगरले गोल गर्दै फेदापलाई अग्रता दिलाइन्। उनले १६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन्। २१औँ मिनेटमा पेन्जु राईले गोल थपिन् भने २३औँ मिनेटमा अनिताले व्यक्तिगत तेस्रो गोल गर्दै टोलीको जित ४–० ले सुनिश्चित गरिन्।

खेलमा ह्याट्रिक गरेकी अनिता ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। बाँकी समयमा डीवाईसी साँगुरीगढीले गोल फर्काउन सकेन।

खेलमा चैनपुर नगरपालिकाकी उपप्रमुख एलिना श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्।

स्वर्गीय मानबहादुर जिमी ‘मझिया’को स्मृतिमा आयोजित प्रतियोगिता मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजना तथा हाङ्थुम क्लबको सहआयोजनामा सञ्चालन भइरहेको छ। प्रतियोगितामा आठ टोली सहभागी छन्।

प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले २१ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा बुधबार कात्तिक ११ गते सातदोबाटो युथ क्लब, ललितपुर र ओएसिस क्लब, इलामबीच प्रतिस्पर्धा हुनेछ।

मझिया स्मृति कप महिला फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय