+
+
Shares

प्राकृतिक विपद् सम्बन्धी दुई संसदीय समितिको अलग–अलग बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते १२:२०
भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक

११ कात्तिक, काठमाडौं । प्राकृतिक विपद् सम्बन्धी राष्ट्रिय सभा र प्रतिनिधि सभाका दुई अलग–अलग संसदीय समितिको बैठक आज आह्वान गरिएको छ । एउटा बैठक अहिले बसिरहेको छ भने अर्को बैठक केहीबेरमा सुरु हुने छ ।

अहिले भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रतिनिधिसँग छलफल भइरहेको छ ।

नेपाली कांग्रेसका कृष्ण पौडेल नेतृत्वको यो संसदीय समिति राष्ट्रिय सभा अन्तर्गतको हो ।

यसैगरी आजै प्रतिनिधि सभा अन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समिति’को बैठक पनि बस्दै छ ।

रास्वपा सांसद गणेश पराजुली सभापति रहेको यो समितिको बैठक दिउँसो एक बजे सिंहदरबारमै बस्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?