+
+
Shares

मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित

जनकपुरका लागि ओपनिङ ब्याटर मोइन अलीले अर्धशतक पूरा गरे । उनी ५१ ब्लमा ५८ रनमा अविजित रहे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १५:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुर बोल्ट्सले त्रिवि क्रिकेट मैदानमा काठमाण्डुले दिएको ११६ रनको लक्ष्य १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्दै एनपीएलमा पहिलो जित दर्ता गर्‍यो।
  • जनकपुरका मोइन अलीले ५८ रन र सैफ हसनले ४० रन बनाउँदै अविजित ७९ रनको साझेदारी गरे।
  • जनकपुरका राहुल यादवले ४ विकेट लिएपछि काठमाण्डु १९ ओभर ३ बलमा ११५ रनमै अलआउट भयो।

१२ कात्तिक, काठमाडौं । जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ । काठमाण्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

जनकपुरका लागि ओपनिङ ब्याटर मोइन अलीले अर्धशतक पूरा गरे । उनी ५१ ब्लमा ५८ रनमा अविजित रहे । उनले ३ चौका र ३ छक्का प्रहार गरे । मोइनले सैफ हसनसँग तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै जनकपुरलाई जित दिलाए । हसन ३९ बलमा ४० रन बनाएर अविजित रहे ।

७ रनमा ओपनर तृतराज दासलाई गुमाएको जनकपुरले ३७ रन जोड्दा मयन यादवलाई गुमाएको थियो । तृत ५ र मयन ९ रनमा आउट भएका थिए । त्यसपछि जनकपुरको ब्याटिङ मोइन र हसनले सम्हालेका थिए । बलिङमा काठमाण्डुका रिपोन मोन्डलले एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमाण्डु १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भएको थियो । काठमाण्डुलाई सस्तोमै समेट्न बलिङमा जनकपुरका आइकोनिक प्लेयर राहुल यादवले उत्कृष्ट प्रदर्शन गरे । राहुलले ४ ओभरमा ३१ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए । उनले दुवै ओपनर साम र पटेलसहित कप्तान करण र आदिल आलमको विकेट लिए । सैफ हसनले २, मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले एकएक विकेट लिए ।

ब्याटिङमा काठमाण्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा चार चौका प्रहार गरे । काठमाण्डुले खेल भर नै ठूलो साझेदारी बनाउन सकेन । ६ रन जोड्दा ओपनर साम हिजलेटलाई गुमाएको काठमाण्डुले १९ रन जोड्दा हरिशंकर शाहलाई गुमाउन पुग्यो । साम एक र हरिशंकर ९ रनमा पभेलियन फर्किए । त्यसपछि पनि काठमाण्डुले लगातार विकेट गुमाउँदै गयो । रसिद खान १७, स्मित पटेल १३ सुमित महर्जन १०, कप्तान करण केसी ८, जहानदाद खान ५ रनमा आउट हुँदा मोहम्मद आदिल आलम पहिलो बलमै एनबीडब्लुको शिकार बने । रिपोन मोन्डल ९ रनमा आउट हुँदा शाहव आलम ४ रनमा अविजित रहे ।

पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । आजको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्स भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?