१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेको त्रिवि क्रिकेट मैदानमा वर्षा हुन थालेको छ । काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीच भएको आजको पहिलो खेल सकिएगत्तै मैदानमा छिटपुट वर्षा हुन थालेको छ ।
वर्षा हुन थालेसँगै अहिले मैदानमा त्रिपालले कभर गरेर राखिएको छ । आजै साँझ विराटनगर किंग्स र कर्णाली याक्सबीच अर्को खेल हुने कार्यतालिका छ ।
उक्त खेलअघि काठमाडौंको आकाश बादलले धुम्मिएको छ भने मैदानमा अँध्यारो हुन थालेपछि फ्लडलाइट पनि बालिएको छ ।
प्रतिक्रिया 4