News Summary
Generated by OK AI. Editorially reviewed.- जनकपुर बोल्ट्सका मोइन अलीले राहुल यादवको स्लिङ बलिङलाई नेपालको मलिङ्गासँग तुलना गर्दै भविष्य राम्रो रहेको भनेका छन् ।
- राहुल यादवले ४ विकेट लिएर जनकपुरलाई पहिलो जित दिलाए र उनी प्लेयर अफ द म्याच घोषित भए ।
- मोइनले बिहीबारको पहिलो खेलपछि पोस्ट म्याच कन्फेरेन्समा उक्त टिप्पणी गरेका हुन् ।
१२ कात्तिक, काठमाडौं । जनकपुर बोल्ट्सका इंग्लिस अलराउन्डर मोइन अलीले जनकपुरका आइकोनिक खेलाडी राहुल यादव नेपालको मलिङ्गा बन्न सक्ने बताएका छन् ।
बिहीबारको पहिलो खेलपछि पोस्ट म्याच कन्फेरेन्समा बोल्दै मोइनले यस्तो बताएका हुन् ।
‘उनले जुन हिसाबले बलिङ गरिरहेका छन्, उनको भविष्य राम्रो छ । उनले गरिरहेको स्लिङ बलिङले उनी नेपालको मलिङ्गा (लसिथ) बन्न सक्छन्’ मोइनले भनेका हुन् ।
लसिथ मलिङ्गा श्रीलंकाका लेजेन्डरी पेस बलर हुन् जो स्लिङ्गा मलिङ्गा उपनामले परिचित छन् ।
राहुल यादवको ४ विकेट प्रदर्शनमा जनकपुरले पहिलो जित हासिल गरेको थियो भने उनी नै प्लेयर अफ द म्याच घोषित भए ।
प्रतिक्रिया 4