News Summary
Generated by OK AI. Editorially reviewed.- पोखराको कास्कीकोटमा रहेको हिमालयन हाइडअवे रिसोर्टलाई द सेन्टारा कलेक्सनले दक्षिण एसियाली पर्यटन अवार्ड्समा उत्कृष्ट नयाँ होटलको अवार्ड दिएको छ।
- माल्दिभ्समा ८ अक्टोबरमा आयोजित समारोहमा प्रदान गरिएको यो सम्मान सन् २०२६ फेब्रुअरी ६ देखि सञ्चालनमा आएको रिसोर्टले एक वर्ष नपुग्दै पाएको हो।
- महाप्रबन्धक प्रपाइजित थोङ्माले यो सम्मानले टोलीको मेहनत र नेपाली संस्कृति तथा आतिथ्यलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन योगदान दिएको बताइन्।
१२ कात्तिक, पोखरा । पोखराको कास्कीकोटमा अवस्थित हिमालयन हाइडअवे रिसोर्टलाई द सेन्टारा कलेक्सनले दक्षिण एसियाली पर्यटन अवार्ड्स (साटा)मा उत्कृष्ट नयाँ होटलको अवार्ड प्रदान गरेको छ । माल्दिभ्समा अक्टोबर ८ मा आयोजित समारोहमा रिसोर्टलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
सन् २०२६ फेब्रुअरी ६ देखि सञ्चालनमा आएको रिसोर्टले एक वर्ष नपुग्दै अन्तर्राष्ट्रियस्तरको सम्मान प्राप्त गरेको हो । दक्षिण एसियाको पर्यटन तथा आतिथ्य क्षेत्रमा उत्कृष्ट सेवा, गुणस्तर र नवीन अभ्यासलाई सम्मान गर्दै आएको साटाले यस वर्ष हिमालयन हाइडअवे रिसोर्टलाई उत्कृष्ट नयाँ होटल तथा रिसोर्टका रूपमा छनोट गरेको हो।
थाई आतिथ्य ब्रान्ड सेन्टारा होटल्स एन्ड रिसोर्ट्सअन्तर्गत सञ्चालित यो रिसोर्ट पोखरामा थाई आतिथ्य सत्कारको अवधारणा प्रस्तुत गर्ने पहिलो थाई आतिथ्य ब्रान्ड भएको जनाइएको छ । रिसोर्टले थाई विलासी आतिथ्य, मौलिक थाई सत्कार र नेपाली संस्कृतिको आत्मीयतालाई एकै ठाउँमा समेटेको छ ।
पोखराको प्रचलित पर्यटकीय क्षेत्र लेकसाइडको चहलपहलभन्दा पर कास्कीकोटको शान्त पहाडी परिवेशमा रहेको रिसोर्टले प्रकृतिसँग नजिक रहेर आराम, स्वास्थ्य, तन्दुरुस्ती र सांस्कृतिक अनुभव लिन चाहने पाहुनालाई लक्षित गरेको छ । रिसोर्टले स्थानीय संस्कृति, नेपाली परम्परा र प्राकृतिक सौन्दर्यसँग जोडिएको विशिष्ट आतिथ्य अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
रिसोर्टमा स्थानीय जीवनशैली बुझ्न गाउँ भ्रमण, विशेष रूपमा तयार गरिएका थाई तथा नेपाली परिकार, स्वास्थ्य तथा तन्दुरुस्तीसम्बन्धी गतिविधि र पाहुनाको आवश्यकताअनुसारका सेवा उपलब्ध रहेको रिसोर्टकी महाप्रबन्धक प्रपाइजित थोङ्माले बताइन् ।
साटाबाट प्राप्त सम्मानले टोलीको मेहनत, समर्पण र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धताको कदर गरेको उनको भनाइ छ । उनले सञ्चालनमा आएदेखि पाहुना, व्यावसायिक साझेदार र स्थानीय समुदायबाट प्राप्त माया, विश्वास तथा सहयोगले आफूहरूलाई अघि बढ्न प्रेरित गरेको उल्लेख गरिन् ।
नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र आत्मीय आतिथ्यलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन योगदान दिन पाउनु गौरवको विषय भएको उनको भनाइ छ ।
सेन्टारा होटल्स एन्ड रिसोर्ट्सको ‘द सेन्टारा कलेक्सन’ अन्तर्गत रहेको यस रिसोर्टले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा फरक पहिचानका साथ प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
प्रतिक्रिया 4