+
+
Shares

सडक यात्रामा सचेतना अपनाउन महासंघ आह्वान

१२ कात्तिक रातिदेखि १३ र १४ कात्तिकसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावनाबारे सचेत गराउँदै महासंघले यस्तो आह्वान गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले १२ कात्तिक रातिदेखि १४ कात्तिकसम्म वर्षा, हावाहुरी र हिमपातको सम्भावना भन्दै सडक यात्रामा सतर्कता अपनाउन आह्वान गरेको छ।
  • महासंघले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको र कर्णाली तथा सुदूरपश्चिममा हावाहुरीसहित मध्यम वर्षा हुने अनुमान गरिएको जनाएको छ।
  • महासंघले पर्यटकलाई उच्च पहाडी र हिमाली क्षेत्रको यात्रा नगर्न, गइसकेकालाई सुरक्षित स्थानमा रहन र आवश्यक परे सवारी आवागमन बन्द गर्न आग्रह गरेको छ।

१२ कात्तिक, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडक यात्राका बेला सतर्कता अपनाउन आह्वान गरेको छ ।

१२ कात्तिक रातिदेखि १३ र १४ कात्तिकसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावनाबारे सचेत गराउँदै महासंघले यस्तो आह्वान गरेको हो ।

कर्णाली र सुदूरपश्चिममा भने हावाहुरी, मध्यम वर्षाको अनुमान गरिएको छ । साथै, माथिल्लो भेगमा हिमपात प्रक्षेपण गरिएको छ ।

महासंघले आफ्ना सदस्य यातायात व्यवसायीलाई लामो तथा छोटो दुरीको यात्रामा सचेत हुन भनेको छ । पर्यटकलाई उच्च पहाडी र हिमाली क्षेत्रको यात्रामा नजान भनिएको छ । गइसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन आह्वान गरिएको छ ।

आवश्यक परे सवारी आवागमन बन्द गराउन र त्यस पूर्व सर्वसाधारणमा जानकारी गराउन समेत महासंघले आह्वान गरेको छ । संकट अवधिमा अत्यावश्यक नपरी यात्रा नगर्न र सरकारी निकायसँग समन्वय गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?