+

पाकिस्तान फर्किए इफ्तिखार र हुनेन, जाँदाजाँदै भने : आतिथ्यका लागि धन्यवाद

२०८३ कात्तिक  १३ गते १७:५९ २०८३ कात्तिक १३ गते १७:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनपीएल खेल्न अनुमति नपाएपछि पाकिस्तानी खेलाडी इफ्तिखार अहमद र हुनेन शाह नेपालबाट फर्किन लागेका छन्।
  • इफ्तिखारले सामाजिक सञ्जालमा नेपालमा पाएको आतिथ्यका लागि धन्यवाद दिँदै 'नेपाल, हामीलाई आतिथ्य प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद।' भनेका छन्।
  • जनकपुर बोल्ट्सका सीईओ निरोज खतिवडाका अनुसार पीसीबीले अनुमति नदिँदा टोलीको सन्तुलन र रणनीतिमा असर परेको छ।

१३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नपाएपछि पाकिस्तान फर्किन लागेका इफ्तिखार अहमदले नेपालप्रति आभार व्यक्त गरेका छन्। जनकपुर बोल्ट्सका पाकिस्तानी खेलाडी इफ्तिखारले सामाजिक सञ्जालमार्फत नेपालमा पाएको आतिथ्यका लागि धन्यवाद दिएका हुन्।

उनले लेखेका छन्, ‘नेपाल, हामीलाई आतिथ्य प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद। यहाँ आउन पाउँदा निकै खुसी लाग्यो। इन्शाअल्लाह, फेरि छिट्टै भेटौँला।’

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनपीएल खेल्न अनुमति नदिएपछि इफ्तिखार र हुनेन शाह पाकिस्तान फर्किन लागेका हुन्। जनकपुर बोल्ट्सले पीसीबीको जवाफका लागि अन्तिम समयसम्म प्रतीक्षा गरे पनि आधिकारिक अनुमति पाउन सकेन।

जनकपुरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरोज खतिवडाका अनुसार फ्रेन्चाइजले पीसीबीलाई इमेलमार्फत सम्पर्क गरेको थियो। तर, बोर्डबाट स्पष्ट जवाफ नआएपछि दुवै खेलाडीलाई नेपालमा राखिरहनुको औचित्य नरहेको उनले बताएका थिए।

पीसीबीले पाकिस्तानी खेलाडीलाई एनपीएल खेल्न अनुमति दिन २५ हजार अमेरिकी डलर मागेको विषय सार्वजनिक भएको थियो ।

पाकिस्तानी खेलाडीको अनुपस्थितिले जनकपुरको टोली सन्तुलन र रणनीतिमा समेत असर परेको खतिवडाले बताएका थिए। प्रतियोगिताको सुरुवात हुनुभन्दा केही दिनअघि मात्रै समस्या आएपछि टोलीले वैकल्पिक खेलाडीको व्यवस्था गर्नुपरेको थियो।

इफ्तिखार अहमद एनपीएल २०२६ हुनेन शाह

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय