+
+
Shares

‘पत्रकार पक्राउ गर्नु गैरसंवैधानिक’

वरिष्ठ अधिवक्ता समेत रहेका पूर्वअध्यक्ष मैनालीले संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेकाले समाचार लेखेकै आधारमा पत्रकारहरूलाई पक्राउ गर्न नमिल्ने प्रतिक्रिया दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वअध्यक्ष डा. कुमार शर्मा आचार्यले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु गैरसंवैधानिक हुने बताएका छन् ।
  • उनले गलत समाचार भए सच्याउने प्रक्रिया र छुट्टै कारवाही संयन्त्र रहेको भन्दै समाचारकै आधारमा पक्राउ गर्न नमिल्ने उल्लेख गरे ।
  • नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिइएको छ भने नवराज मैनालीलाई खोज्दै प्रहरी नयाँ पत्रिकाको कार्यालय पुगेका छन् ।

१३ कात्तिक, काठमाडौं । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष डा. कुमार शर्मा आचार्यले समाचार लेखेकै आधारमा पत्रकारहरूलाई पक्राउ गर्नु गैरसंवैधानिक हुने प्रतिक्रिया दिएका छन् ।

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ भने नयाँ पत्रिकाका संवाददाता नवराज मैनालीलाई खोज्दै सादा पोशाकका प्रहरी नयाँ पत्रिकाको कार्यालयमा पुगेका छन् ।

वरिष्ठ अधिवक्ता समेत रहेका पूर्वअध्यक्ष मैनालीले संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेकाले समाचार लेखेकै आधारमा पत्रकारहरूलाई पक्राउ गर्न नमिल्ने प्रतिक्रिया दिएका हुन् ।

‘समाचारको विषयवस्तु गलत छ भने सच्याउने प्रक्रिया छन् । त्यतिले नपुगे कारवाही गर्ने छुट्टै संयन्त्र छ,’ आचार्यले भने, ‘तर समाचार लेखेकै आधारमा पक्राउ पक्राउ गर्न मिल्दैन । त्यसो गरियो भने गैरसंवैधानिक काम हुन जान्छ । हाम्रो संविधान र कानुनले त्यस्तो परिकल्पना गरेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?