+
+
Shares

काभ्रेमा वर्षाको कारण एक घरमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १४ गते १२:०५

१४ कात्तिक, काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ खहरे खोलामा ग्राभेलसहितको लेदो माटो बग्दा एक घर पूर्ण रूपमा पुरिएको छ भने अन्य दुई घरमा लेदो माटोसहितको पानी पसेको छ।

वर्षाका कारण स्थानीय शेरबहादुर तामाङको ढुङ्गा माटोले बनेको जस्ताको छाना भएको एकतले घर पूर्ण रूपमा पुरिएको छ। घरको जस्तापाता मात्र देखिने अवस्थामा रहेको प्रहरीले जनाएको छ। त्यस्तै, उनको घरनजिकै रहेको तीनतले घरमा लेदो माटोसहितको पानी पसेको छ।

सोही स्थानका हर्कबहादुर तामाङको तीनतले घरमा समेत लेदो माटोसहितको पानी पसेको छ भने घरनजिकै रहेको जस्तापाता र काठले बनेको गोठ पूर्ण रूपमा क्षति भएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खोपासीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले दुवै परिवारका १६ जना सदस्यलाई सुरक्षित स्थानमा रहेका आफन्तको घरमा स्थानान्तरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?