News Summary
Generated by OK AI. Editorially reviewed.- लगातार दुई दिनको वर्षाले सिरहाका किसानको फूल खेतीमा क्षति पुर्याएपछि तिहार, लक्ष्मीपूजा र छठपर्वका लागि बिक्री तयारी प्रभावित भएको छ।
- गोलबजार नगरपालिका–३ का मनु स्याङ्दनको ४ कठ्ठामा लगाएको सयपत्रीका करिब २ हजार ५०० बोट ढलेपछि करिब १ लाख रुपैयाँ लगानी डुबेको छ।
- गोलबजार नगरपालिका–६ का रुदल नायक र इन्द्रकुमारी लामाको ३ देखि ४ कठ्ठासम्मको फूल खेती वर्षाले नष्ट गरेपछि उनीहरू चिन्तित बनेका छन्।
१४ कात्तिक, सिरहा । दशैं सकिएसँगै तिहार, लक्ष्मीपूजा र छठपर्वलाई लक्षित गरी फूल बिक्री गर्ने तयारीमा रहेका सिरहाका किसान लगातार दुई दिन परेको वर्षाले फूल खेतीमा क्षति पुर्याएपछि निरास भएका छन् ।
फूल टिपेर बजार लैजाने तयारीमा रहेका किसानको महिनौँदेखिको मिहेनत वर्षाले नष्ट गरिदिएको हो ।
गोलबजार नगरपालिका–३ का किसान मनु स्याङ्दनले विगत १५–२० वर्षदेखि फूल खेती गर्दै आएको बताउँदै यस वर्ष ४ कठ्ठा जग्गामा सयपत्री फूल लगाएको जानकारी दिए ।
खेतीमा करिब एक लाख रुपैयाँ लगानी गरेका उनले चाडपर्वमा फूल बिक्री गरेर करिब चार लाख रुपैयाँ आम्दानी गर्ने अपेक्षा गरेका थिए । तर, वर्षाका कारण करिब २ हजार ५०० बोट फूल भुइँमा ढलेपछि लगानी र आम्दानी दुवै गुमेको उनले बताए ।

त्यस्तै, गोलबजार नगरपालिका–६ का किसान रुदल नायकको करिब ६ कठ्ठामा लगाइएको फूल खेतीमध्ये ३–४ कठ्ठाको फूल वर्षाले भुइँमा झारिदिएको छ ।
सोही वडाकी किसान इन्द्रकुमारी लामाले पनि ५ कठ्ठामा लगाएको सयपत्री फूलमा वर्षाले ठूलो क्षति पुर्याएको बताइन् ।
करिब १० वर्षदेखि फूल खेती गर्दै आएकी उनले तिहार, लक्ष्मीपूजा र छठपर्वमा फूल बिक्री गरेर करिब चार लाख रुपैयाँ आम्दानी गर्ने अपेक्षा गरेकी थिइन् ।
चाडपर्वको मुखमा फूल खेतीमा क्षति पुगेपछि लगानीसमेत डुब्ने अवस्था आएको भन्दै किसानहरू चिन्तित बनेका छन् ।
थप तस्वीरहरू–






प्रतिक्रिया 4