News Summary
Generated by OK AI. Editorially reviewed.- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ नाङग्रे खोला बुद्धदहस्थित सुनकोशी नदी किनारमा अन्दाजी ३० वर्षीय पुरुष मृत फेला परेका छन् ।
- धनुषाको जनक नन्दिनी गाउँपालिका–१ ईनर्वा बजार नजिक सडकमा भारत बिहार मधुवनी नाजिरपुर ग्राम–१२ का ३७ वर्षीय दिलिप राम मृत अवस्थामा भेटिएका छन् ।
- कैलालीको धनगढी उपमहानगरपालिका–८ स्थित नालामा झापा कनकाई नगरपालिका–५ का २८ वर्षीय सुरज यादव मृत अवस्थामा फेला परेका छन् ।
१६ कात्तिक, काठमाडौं । खोटाङ, धनुषा र कैलालीमा तीन जना मृत फेला परेका छन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ नाङग्रे खोला बुद्धदहस्थित सुनकोशी नदी किनारमा अन्दाजी ३० वर्षीय पुरुष मृत भेटिएका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनको पहिचान भइसकेको छैन ।
धनुषाको जनक नन्दिनी गाउँपालिका–१ ईनर्वा बजार नजिक सडकमा भारत बिहार मधुवनी नाजिरपुर ग्राम–१२ कानैल बस्ने ३७ वर्षीय दिलिप राम आइतबार मृत अवस्थामा फेला परेका छन् ।
उता कैलालीको धनगढी उपमहानगरपालिका–८ स्थित नालामा झापा कनकाई नगरपालिका–५ तुल्सीवारी घर भएका २८ वर्षीय सुरज यादव आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया 4