+
+
Shares

तनहुँमा नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मुग्लिन पुलजिपमा प्रहरीले नियन्त्रित लागूऔषधसहित ३६ वर्षीय दिपु क्षेत्रीलाई पक्राउ गरेको छ।
  • प्रहरीले पोखरातर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ८८८९ नम्बरको माइक्रोमा फेनारगन, डाईजेपाम र नोर्फिनका २ सय–२ सय एम्पुल बरामद गरेको छ।
  • प्रहरीले पक्राउ परेका क्षेत्रीमाथि आवश्यक अनुसन्धान गरिरहेको छ।

१६ कात्तिक, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मुग्लिन पुलजिपबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

फेनारगन २ सय एम्पुल, डाईजेपाम २ सय एम्पुल र नोर्फिन २ सय एम्पुल सहित कास्की पोखरा महानगरपालिका–१८ घाँटी छिना बस्ने सोही महानगरपालिका–२३ घर भएका ३६ वर्षीय दिपु क्षेत्रीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ८८८९ नम्बरको माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?