+
+
Shares

मुद्दाको सुनुवाइ प्रक्रियाबाट अलग बसिन् सर्वोच्चकी न्यायाधीश सुवेदी

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते २०:४१

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदी सोमबार मुद्दाको सुनुवाइ प्रक्रियाबाट अलग भएकी छन् ।

इनम सापकोटा प्रकरणमा आफ्नो नाम पनि जोडिएको र सामाजिक सञ्जालमा आफ्नो नाम लिएर प्रश्नहरू उठेको भन्दै उनी मुद्दाको सुनुवाइ प्रक्रियाबाट अलग भएकी हुन् ।

‘उहाँले सोमबार गोला तान्नुभएन, मेरो पनि अनेकतिर नाम आएको छ, आज म इजलासमा बस्दिनँ भन्नुभयो,’ सर्वोच्च अदालतसम्बद्ध स्रोतले भन्यो, ‘भोलिको कुरा सोचौंला, तर आज इजलासमा बस्दिनँ भनेर गोला तान्न अस्वीकार गरेपछि उहाँलाई इजलास पनि तोकिएन ।’

इनम सापकोटाको ह्वाट्सएप म्यासेजमा न्यायाधीश सुवेदीको पनि नाम आएको र बयानका क्रममा उनले नाम लिएको भनी सामाजिक सञ्जालका कतिपय पेजहरूमा उनको नाम उल्लेख भएको थियो ।

न्यायाधीश सुवेदीले त्यसैलाई आधार बनाउँदै सोमबारका लागि मुद्दाको सनुवाइ प्रक्रियाबाट अलग हुने घोषणा गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?