राजनीतिक खर्चको निगरानी गर्ने संस्था ओपनसेक्रेट्सका अनुसार यस वर्षको मध्यावधि निर्वाचनमा कुल खर्च ११ अर्ब ९३ करोड अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यो अमेरिकी इतिहासकै सबैभन्दा महँगो मध्यावधि निर्वाचन हुनेछ ।
अनुमानअनुसार डेमोक्र्याटिक पार्टीले ५ अर्ब ५२ करोड डलर, रिपब्लिकन पार्टीले ५ अर्ब १२ करोड डलर र स्वतन्त्र उम्मेदवार तथा समूहहरूले १ अर्ब ३० करोड डलर खर्च गर्नेछन् ।
सन् २०२२ को मध्यावधि निर्वाचनमा कुल ८ अर्ब ९४ करोड डलर खर्च भएको थियो । त्यसको तुलनामा यस वर्षको निर्वाचनमा खर्च करिब एकतिहाइले बढ्ने देखिएको छ ।
सन् २०२६ को मध्यावधि निर्वाचनभन्दा बढी चुनावी प्रचारप्रसारमा खर्च भएका निर्वाचन केवल दुईवटा छन् ।
ती सन् २०२० र २०२४ का राष्ट्रपतीय निर्वाचन हुन् । दुवै निर्वाचनमा करिब १५ अर्ब अमेरिकी डलर खर्च भएको थियो ।
प्रतिक्रिया 4